श्रावण ११, २०८३ सोमबार July 27, 2026

झलनाथ खनालको नयाँ गीती एल्वम ‘इलाम हाम्रो चियाबारी राम्रो’ सार्वजनिक (भिडियोसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सत्तारुढ नेकपाका वरिष्ठ नेता एव‌ं पूर्व प्रधानमन्त्री झलनाथ (जेएन) खनालको शब्द रहेको ‘इलाम हाम्रो चियाबारी राम्रो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ईलामका विभिन्‍न पर्यटकीय गन्तव्यको वर्णन गरिएको गीतमा चर्चित गायक यम बरालको स्वर तथा मिलन तिमल्सिनाको संगीत रहेको छ । त्यस्तै उक्त गीतको एरेन्ज दिनेश राजबाहकले गरेका छन् ।

‘द पेक’ डिजिटल रेर्कडिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत डाइनामिक मल्टीमिडियाको ब्यानरमा निर्माण गरिएको हो। गीतको निर्देशन राज केसीले गरेका छन्। इलामको सन्दकपुर, माइपोखरी, कन्याम, अन्तु,इलाम चिया बगान जस्ता क्षेत्र समेटिएको उक्त गीतको भिडियोमा कृष्ण भट्टराई, प्रमोद रावल, अविषेक गुरुङ, प्रेम, कपिल बुढाथोकी, सन्तोष लोहार, मुकेश घतानी, पूर्णीमा थामी र आरोही श्रेष्ठको अभिनय रहेको छ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया