श्रावण १४, २०८३ बिहिबार July 30, 2026

नमस्कार नै किन गर्नुपर्छ, यस्तो छ कारण र महत्त्व ?

नमस्कार यस कारण मन र स्वास्थ्यसँग जोडिन्छ कि हात जोडेर मान्छे रिसाउन, कराउन सक्दैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हामी जब आफू भन्दा ठूलो मान्छे भेट्छौँ तब दुई हात जोडेर हातलाई छातीको अघिल्तिर राखी आँखा बन्द गरिन्छ र शिर झुकाएर नमस्कार गरिन्छ ।

आफ्ना आफन्त गुरु अतिथिहरूलाई पहिला नमस्कार गरेर कुरा सुरु गरिन्छ यो हाम्रो परम्परागत प्रचलन नै हो । मन्दिरमा जाँदा पनि नमस्कार गर्ने गरिन्छ ।

नमस्कार नै अभिवादनको सर्वोत्तम प्रणाली हो । नमस्कार गर्नु हाम्रो संस्कार हो । यो संस्कारको विकास स्वास्थ्य र मनसँग जोडिएको छ । किनभने कसैप्रति हार्दिकतापूर्वक नमस्कार गर्दा हाम्रो स्वास्थ्यमा फाइदा पुग्छ ।

नमस्कार यस कारण मन र स्वास्थ्यसँग जोडिन्छ कि हात जोडेर मान्छे रिसाउन, कराउन सक्दैन । नमस्कार विनम्रताको प्रतीक पनि हो जुन नमस्कारको अर्थमै झल्केको छ । ‘म नमन गर्छु । म तपाईँको अगाडि सम्मानको साथ झुकिरहेको छु’ यस्तो अर्थ हो ।

नमस्कार गर्नुका वैज्ञानिक फाइदामा नमस्कार गर्नुलाई यौगिक क्रिया मानिन्छ । हात जोड्दा शरीरको रक्त सञ्चार प्रवाह हुन्छ । जसमा नमस्कार गर्दा हातका औँलाहरू आपसमा जोडिन्छन् । यसले हृदयचक्र र आज्ञाचक्र सक्रिय भई जागरण बढ्छ ।

जस कारण मनमा शान्त र चित्तमा प्रसन्नता आउँछ । यसका अलावा हातको तन्तु मस्तिष्कको तन्तुसँग जोडिएको कारणले शारीरिक व्यायाम हुन्छ, जसले पाचन प्रक्रियामा सहजता ल्याउँछ ।

धार्मिक मान्यताअनुसार नमस्कार नम्रताको प्रतीक हो । नमस्कारले व्यक्ति-व्यक्तिबिचको सम्बन्ध सुमधुर बनाउनुको साथै राम्रो भावनाको विकास गर्दछ । मन्दिरमा गएर देवीदेवताको सामु नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । जसले मन र मस्तिष्क शान्त बनाउन मद्दत गर्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार