बैसाख २६, २०८३ शनिबार May 9, 2026

प्रहरीमा जागिर लगाईदिने भन्दै ३ लाख ठग्ने पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनी एक व्यक्तिसँग रु तीन लाख ५० हजार लिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले एक व्यक्तिलाई प्रहरीमा जागिर लगाइदिने भनी ठगी गर्ने रुकुम पश्चिमका २४ वर्षीय अनिल वलीलाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले पक्राउ परेका वलीले विभिन्न व्यक्तिसँग ठगी गरेको निवेदन परेपछि पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका वलीको साथबाट सागर अधिकारीको नामको अर्थ मन्त्रालयको नक्कली कार्ड, किर्तिपुर नगरपालिकाको नक्कली राजश्व सङ्कलन गरेको कागजात, प्रतिबन्धित नेकपा माओवादी ‘विप्लव’ समूहको आर्थिक सहयोग गर्ने कागजात बरामद गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो
२०८३ बैसाख २६, शनिबार
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार