कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

यूरोपमा कोरोना महामारी बढेको भन्दै डब्लुएचओद्वारा चिन्ता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ ।

डब्लुएचओको युरोप शाखाले शुक्रबार चासो देखाउदै सङ्क्रमण बढेका मुलुकहरुमा निधेषात्मक व्यवस्थालाई अबलम्बन गर्नुपर्नेमा पनि जोड दिएको छ ।

गत बिहीबारसम्ममा युरोपमा ३० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी मृतकको संख्या पनि बढीरहेको उनीहरुको भनाइ छ । यूरोपेली राष्ट्रहरू फ्रान्स, जर्मनी, बेलायत, स्पेन र इटली केहीसमय पहिलेसम्म अत्यधिक प्रभावित मुलुक रहेको भएपनि ती मुलुकहरूमा पछिल्लो समयमा सङ्क्रमण घट्दो क्रममा रहेको देखिन्छ । यद्यपि महामारी नियन्त्रणमा नै आइसकेको भने होइन ।

पूर्व सोभियत संघबाट छुट्टिएर स्वतन्त्र बनेको किर्गिजस्थान कोरोनाको महामारीबाट सवैभन्दा बढी ग्रसित भएको छ । त्यसैगरी मोन्टेनेग्रो, लक्जेम्वर्ग, बोस्निया हर्ज गोभिना, सर्बिया, रोमानिया र बुल्गेरिया पनि धेरै प्रभावित देशमा पर्दछन् ।

डब्लुएचओकी एक जना प्रवक्ताले भन्नुभयो, “पछिल्लो समय कतिपय देशहरुमा सङ्क्रमितहरुको सङ्ख्या झन झन बढेको छ, भौतिक दूरी कायम गर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता अपनाउनु पर्ने आवश्यकता देखिएको छ ।”

गत मे २० देखि युरोपभरि दैनिक औषत २० हजार जना सङ्क्रमितहरु थपिने गरेको पनि उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
२०८३ कार्तिक ५, बिहिबार
पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
२०८३ कार्तिक ५, बिहिबार
दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी
२०८३ कार्तिक ५, बिहिबार
आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
२०८३ कार्तिक ५, बिहिबार
चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान
२०८३ कार्तिक ५, बिहिबार
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ कार्तिक ५, बिहिबार
१०० वर्षसम्म दराजमा बन्द जीवावशेष खाेलियो, पत्ता लाग्याे डायनासोरको नयाँ प्रजाति
२०८३ कार्तिक ५, बिहिबार