असार २४, २०८२ मंगलबार July 8, 2025

दीक्षान्तको शैली बदल्दै त्रिवि

छ/छ महिनाको अवधिमा दीक्षान्त समारोह गर्दा उपयुक्त हुने धेरैको राय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस १४ गते । शनिबार स्वर्ण दीक्षान्त समारोहमा सहभागीलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले घोषणा गर्नुभयो, “यो आकारको दीक्षान्त समारोह त्रिविमा विगतमा पनि भएको छैन र अब भविष्यमा पनि हुने छैन ।”

किनकि त्रिवि स्थापनाको ६५ वर्षको अवधिमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरिएको ५० औँ दीक्षान्त समारोहमा इतिहासकै सबैभन्दा धेरै अर्थात् १४ हजार ३०८ जना विद्यार्थी सहभागी थिए । दीक्षित भएका छोराछोरीसँग खुसियाली साट्न उपस्थित हुनुभएका अभिभावक, दीक्षित विद्यार्थीका श्रीमान्, श्रीमती छोराछोरीलगायत अन्य सदस्यसमेत गणना गर्दा ३० हजारको हाराहारीमा उपस्थिति रहेको परीक्षा नियन्त्रक जोशीको अनुमान छ ।

एकै पटकमा यति धेरै विद्यार्थी र अभिभावकलाई उपस्थित गराएर दीक्षान्त समारोह सम्पन्न गराउँदै आएको त्रिविले अब भने यसको शैली बदल्ने भएको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार अबदेखि कि त छ/छ महिनाको अवधिमा दीक्षान्त समारोह हुने छ । त्यो हुन सकेन भने सम्बन्धित सङ्काय अनुसार फरक फरक मितिमा दीक्षान्त समारोहको आयोजना गरिने छ । त्रिवि अन्तर्गत नौ वटा सङ्काय छन् ।

दीक्षान्त समारोहको शैली बदल्ने विषयमा उपकुलपतिको अध्यक्षतामा रहने विश्वविद्यालयको कार्यकारी परिषद्ले यसअघि नै निर्णय गरिसकेको छ तर सङ्काय अनुसार दीक्षान्त गराउँदा पनि नौ वटा सङ्कायका लागि नौ पटक नै गराउनुपर्ने भएकाले छ/छ महिनाको अवधिमा दीक्षान्त समारोह गर्दा उपयुक्त हुने धेरैको राय छ ।

सबैभन्दा धेरै भनिएको गत वर्षको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार ३७४ जना विद्यार्थी र उहाँका अभिभावक उपस्थित भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले जनाएको छ । जोशीले भन्नुभयो, “हरेक वर्ष दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीको आकर्षण बढिरहेको छ । अब एकै पटक यति धेरै व्यक्तिलाई भेला गराएर दीक्षान्त समारोह गर्न सक्दैनौँ ।”

शनिबार पनि दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकलाई बिहान साढे १० बजे बोलाइएको भए पनि बिहान साढे ६ बजेदेखि नै भिड सुरु भएको जोशीले बताउनुभयो ।  त्रिविमा दीक्षान्त समारोहको सम्पूर्ण व्यवस्थापनको काम पनिकाले गर्दै आएको छ । समारोहमा  दीक्षित हुन जम्मा भएका विद्यार्थी र खुसी साट्न उपस्थित हुनुभएका अभिभावकमा एक प्रकारको उल्लास देखिए पनि सवारीसाधनको अस्तव्यस्ततादेखि दीक्षान्त समारोहको भिड व्यवस्थापनमा पनि निकै सकस भएको थियो ।

परीक्षा नियन्त्रक जोशीले भन्नुभयो, “शनिबारको दीक्षान्त समारोहमा जम्मा भएकाजति मानिस अहिलेसम्म नेपालको कुनै पनि कार्यक्रममा एकै पटक जम्मा भएका छैनन् होला । धन्न सम्पन्न गरियो । टाउको हलुका भएको छ ।”  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार