असार २०, २०८२ शुक्रबार July 4, 2025

सडकमा निस्कँदा मास्क अनिवार्य, नलगाए पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गृह मन्त्रालयले मास्क अनिवार्य गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको र सर्वसाधारणले मास्कको प्रयोगमा अटेर गरेको भन्दै गृहले आइतबार सो निर्देशन दिएको हो ।

गृहले पहिलो पटक गत २२ असारमा गरेको आदेश कार्यान्वयन नभएको भन्दै आइतबार दोस्रो पटक मास्क प्रयोग नगर्नेहरूउपर कडा रूपमा प्रस्तुत हुन ७७ वटै जिल्ला प्रशासन कार्यालयसहित प्रहरीलाई निर्देशनात्मक परिपत्र गरेको हो । पत्रमा मास्क नलगाई अटेर गरेर जथाभावी रूपमा सडकमा निस्किए पक्राउ गर्न भनिएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि गरिएको परिपत्रलाई नै कडाइका साथ लागु गर्न भनिएको जानकारी दिए ।  ‘लकडाउन सकिए पनि संक्रमणको खतरा कायमै छ, यस्तो अवस्थामा घरबाट बाहिर निस्कँदा मास्क प्रयोग गर्न भनेका हौं । मास्क नलगाई हिँडे प्रहरीले पक्राउ गर्न सक्छ,’ अधिकारीले भने ।

लकडाउन अन्त्य भएसँगै देशका विभिन्न स्थानमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ भने वीरगन्जसहित केही स्थानमा संक्रमितको संख्या ह्वात्तै बढ्दै गएपछि स्थानीय प्रशसनमार्फत निषेधाज्ञा नै जारी गरिएको छ ।

संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीमा जनस्तरबाट लापरवाही बढेको र जोखिम बढ्न सक्ने भन्दै निर्देशनात्मक आदेशसहितको परिपत्र गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको परिपत्रमा दैनिक रूपमा मास्क नलगाउने उपर भए गरेका कारबाहीको विवरण प्रशासन कार्यालयलाई मन्त्रालयमा बुझाउन भनिएको छ ।

मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ । यसअघि समेत गृहले २२ असारमा मास्क प्रयोग नगरी हिँडडुल गर्नेहरूलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयसहित प्रहरीमा पत्र पठाएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी निरजबहादुर शाहीले सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको र मास्क प्रयोग नगर्नेलाई पक्राउ गरिने बताए ।

‘सडकमा हिँड्दा मास्कको प्रयोग अनिवार्य गरिएको र मास्क प्रयोग नगर्नेलाई पक्राउ गर्न देशभरका मातहतका निकायलाई निर्देशन भइसकेको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता शाहीले भने ।

गृहले आम सर्वसाधारणमा जरुरी कामबाहेक घरबाहिर ननिस्कन, निस्कँदा अनिवार्य मास्क लगाउन तथा एक अर्काबीच कम्तीमा दुई मिटरको सामाजिक दुरी कायम गर्न पटक पटक आग्रह गर्दै आइरहेको छ । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार