मंसिर २२, २०८० शुक्रबार December 8, 2023

तिम्ल्याहा बच्चा जन्माउनेलाई रु ३० हजार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलेश्वर, बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका दरले रकम प्रदान गरेको छ । नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त बानियाँ र वडा नं ४ राक्सेका केदार आचार्यलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

तिम्ल्याहा बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले सो रकम सहयोग गरिएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

मङ्गलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख श्रेष्ठ, उप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले सो रकम हस्तान्तरण गर्नुभयो ।

नगरकार्यपालिकाको मङ्गलबार सम्पन्न ३१औँ कार्यपालिका बैठकले रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार