भाद्र ७, २०८३ आइतबार August 23, 2026

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षक पौडेलको निर्देशन

वर्तमान सरकारको सुशासनको अवधारणालाई आत्मसात गर्दै सङ्गठनको नीति तथा निर्देशनअनुसार अघि बढ्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पिलवस्तु, ७ भदौ । सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको नवौँ स्थापना दिवस समारोह सम्पन्न भएको छ ।

कपिलवस्तुको चन्द्रौटामा आज आयोजित समारोहमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितमा प्रयोग गर्न निर्देशन दिनुभएको छ । महानिरीक्षक पौडेलले समयअनुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम गर्न निर्देशन दिनुभयो । नागरिकको सेवा, शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने कार्यमा सशस्त्र प्रहरी थप जिम्मेवार भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

मानवअधिकारको सम्मान गर्दै आवश्यकताअनुसार मात्र बल प्रयोग गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक पौडेलले सीमा सुरक्षा राष्ट्रको संवेदनशील विषय भएकाले सीमामा हुने गतिविधिको सूक्ष्म निगरानी गर्न निर्देशन दिनुभयो । पछिल्लो समय सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार तथा नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले सशस्त्र प्रहरी बल सीमा सुरक्षाको पहिलो पहरेदार भएकाले निष्पक्ष र जिम्मेवार ढंगले काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरीले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ । विपद् व्यवस्थापन एक्लो प्रयासबाट सम्भव नहुने भएकाले सबै सरोकारवाला निकायसँग समन्वय र सक्रियताका साथ काम गर्न महानिरीक्षक पौडेलले निर्देशन दिनुभयो । वर्तमान सरकारको सुशासनको अवधारणालाई आत्मसात गर्दै सङ्गठनको नीति तथा निर्देशनअनुसार अघि बढ्नसमेत उहाँले आग्रह गर्नुभयो ।

समारोहमा विभिन्न समयमा कर्तव्यपालनका क्रममा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सम्मान गरिएको थियो । साथै विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले बाहिनीको स्थापना तथा हालसम्म भएका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

विसं २०७५ भदौ ७ गते स्थापना भएको नं ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयअन्तर्गत १२ जिल्ला रहेका छन् । बाहिनीअन्तर्गत आठ गण, छ गुल्म, एक मद्दती सेवा गुल्म, नौ सीमा सुरक्षा गुल्म, ५० बीओपी, २७ सुरक्षा बेस र पाँच एफओबी गरी कुल १०६ इकाइ रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस्ः सभापति
२०८३ भाद्र ७, आइतबार
सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण
२०८३ भाद्र ७, आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले सोमबार प्रदेशसभामा विश्वासको मत लिने
२०८३ भाद्र ७, आइतबार
मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा
२०८३ भाद्र ७, आइतबार
बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ
२०८३ भाद्र ७, आइतबार
मुख्यमन्त्री थापालाई विश्वासको मत दिन नेपाली कम्युनिस्ट पार्टीको ‘ह्विप’
२०८३ भाद्र ७, आइतबार
शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल
२०८३ भाद्र ७, आइतबार