भाद्र ११, २०८३ बिहिबार August 27, 2026

प्रहरी हेड्क्वाटरका नक्सालका चार प्रहरीमा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आइतवार गरिएको कोरोना परीक्षणमा चार जनामा ज्वरोको लक्षण देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिए ।

‘चार जनामा ज्वरोको लक्षण देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका छौँ, बेलुकासम्म आधिकारीक रिपोर्ट आउँछ,’ उनले भने ।

प्रहरी प्रधान कार्यालयका अनुसार ती कर्मचारी प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कार्यरत छन् । चार प्रहरीमा कोरोनाको लक्षण देखिएपछि सो शाखामा कार्यरत अन्य प्रहरीको पनि कन्ट्याक ट्रेसिङबाट स्वाब संकलन कार्य शुरु गरेको बताइएको छ । -रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया