बैसाख २१, २०८३ सोमबार May 4, 2026

वर्तमान प्रधानन्यायाधीश राणालाई न्यायालयमा राखिरहनु भनेको स्वतन्त्र न्यायालयप्रति धावा बोल्नु हो : पराजुली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर ज.ब.रा.ले रञ्जन कोइराला प्रकरणमा उहाँलाई रिहा गरिदिनु भयो । कैद मिनाहा गरिदिनु भयो । यसमा तपाईको गुनासो, आपत्ति छ ?

मुद्दामा रिहाई गर्नु, प्रमाणमा विवेचना गर्नु, प्रमाणका आधारमा फैसला गर्नु अदालतको काम हो । हामी भन्छौँ नि आपत्त पर्दा प्रहरी आयो भने जीवन बाँच्छ भन्ने । त्यस्तो अवस्थामा भएको घटना दर्दनाक घटना हा्े । सबैजनाले यसको बारेमा चासो राखेका छन् । खास गरी प्रधानन्यायधीशले मुद्दा, मिसिलकै बारेमा पढ्दा यो गर्, यो नगर् त भन्न मिल्दैन तर निश्चय नै उहाँका विगतका क्रियाकलापले उहाँ पनि न्यायिक विचलनमा परेको व्यक्ति हो ।

कसरी ? चोलेन्द्र शमशेर ज.ब.रा. ले धेरै काम गर्नुभएको छ, प्रधानन्याधीश हुँदाखेरि ?

ती सबै गठखामसका कुरा हुन् । मलाई त उहाँले त्यस्तो ऐतिहासिक काम गरेकोजस्तो लाग्दैन । बरु म यहाँ ८-९ ओटा कुरा भनिदिन्छु । संसारमा कुनै पनि न्यायाधीशलाई न्यायिक टिप्पणी पनि कुनै फैसलाबाट भने त्यो न्यायिक टिप्पणी पनि भएको मान्छे प्रधानन्यायाधीश भएको सायद संसारमा विरलै होला । न्यायिक टिप्पणी भनेको उहाँका फैसलाहरू न्यायिक टिप्पणी भयो र उहाँले राजीनामा दिनुपर्ने अवस्थासम्म आइसकेपछि एकजना रिटायर हुनुभयो, भुपध्वज अधिकारी । अनि कोमलनाथ शर्मा राजीनामा दिएर जानुभयो । त्यो बेलाको न्यायाधीशसँगको गठबन्धनबाट कुर्सी जोगाएर उहाँ यो ठाउँमा आउनुभएको हो नम्बर १ । एउटा न्यायिक विचलनको कुरा आयो । मेरो कार्यकालमा उहाँहरूले कस्तो कस्तो साझिस गर्नुभयो, अदालतमा हड्ताल भयो । मैले त उहाँले केही कुरा सुधारेको देखेको छैन । न्यायालय भनेको पद्धति, प्रणाली, नजिरहरूबाट चल्ने विषय हो । सि.डि.ओ.जस्तो हो न्यायाधीश भनेको ? अहिले त्यत्रो नारा, जुलुस लागेको छ, अदालतमा विचाराधीन मुद्दा छ ।

अदालतमा यस्तो किसिमको मुद्दा त भईरहन्छ । तपाईले किन उहाँको विरोध गर्नुभयो ?

मुद्दाभित्रको प्रवेश होइन कि उनको पात्रत्वले प्रधानन्यायाधीश बनाएर राख्नुभएको छ । कस्तो पात्र त ? संविधाननै उलंघन गरेर, संविधानमा के छ थाहा छ, न्यायपरिषदको सदस्य भनेको वरिष्ठ न्यायाधीश न्यायपरिषदको सदस्य हुन्छ । त्यो वरिष्ठ न्यायाधीशलाई छलेर अर्को मान्छेलाई ल्याएर सबै काम गर्ने, न्यायिक विचलनमात्र होइन, साजिसपूर्ण ढंगबाट काम गर्ने र तैले अवकाश पाइस् भनेर, सबैको निर्णयलाई लत्याएर अवकाश दिने मान्छेलाई एउटा विचारा जागिर खाइरहेको मुख्य रजिष्ट्रारलाई तेरो जागिर खाइदिउम् कि तेरो समाप्त पारिदिम् भनेर हप्काईदप्काई पारेर, हजुर मेरो बच्चाबच्ची पाल्नुछ भनेपछि उहाँलाई विवश पारेर आज न्यायाधीशमा नियुक्ति गराएर अनि आफुलाई गठखामस बनाएको हो । यो न्यायिक पुनरावलोकन ल्याउने भनेको साजिसपूर्ण काम हो ।

अहिले सरकारले महान्यायाधिवक्ताको कार्यालयबाट अगाडि बढाएको हो नि त, पुनरावलोकनको लागि । त्यसलाई सरकारले अनुमति दियो नि ?

महान्यायाधिवक्ताले उनलाई बचाउनका निम्ति सकिन्छ भनेर महान्यायाधिवक्ताको गठखामसमा उनकै फर्ममा काम गरेको मान्छे चोलेन्द्र, अग्नि खरेल, तिनलाई बचाउन सकिन्छ कि भनेर गरेको हो । न्यायाधीश त आचरण, पद्धति, नजिरमा चलेको हुन्छ । सम्पूर्ण नजिरहरूलाई पालना नगरिकन, पहिलाको ऐन प्रयोग गर्ने हो कि, अहिलेको ऐन प्रयोग गर्ने हो कि ? पहिले र अहिलेको ऐनले के भन्छ ? यो सबै नगरिकन स्वार्थमा चलेको हो ।

रञ्जन कोइराला प्रकरणमा प्रधानन्यायाधीश चुकेकै हो त ?

त्यसमा पनि हामीले केही भन्न जरुरी छ र ? त्यो त सारालाई थाहा छ । प्रधानन्यायाधीशलाई लल्कार्नेहरूले ठिक गरे भनेर प्रतिक्रिया दिनुभएको छ । मेरो विरुद्धमा किर्ते नागरिकता भनेर चिच्याएको होइन ? अहिलेपनि मलाई हत्कडी लगाए भयो नि त ? के मेरो किर्ते नागरिकता छ ? के मेरो किर्ते सर्टिफिकेट छ ? यस्तो मान्छेलाई न्यायालयमा राखिरहनु भनेको समग्र रूपमा स्वतन्त्र न्यायालयप्रतिको धावा बोल्नु हो ।

त्यसो भए तपाईं उहाँलाई प्रधानन्यायाधीशको पदबाट हटाउनुपर्छ भन्ने पक्षमा हो ?

उहाँसँग नैतिकता छ भने एकछिन पनि बस्ने अधिकार छैन । ‘तैंले गरेको फैसला ठिक छैन, ३ जनालाई पुनरावलोकनको निस्सा दे अरे’ उहाँसितको धेरै ठुलो शक्ति छ अहिले । शक्ति के छ भने पोलिटिकल ब्याकमा उहाँको ठुलो शक्ति छ । एउटै फर्ममा काम गर्ने महान्यायाधीवक्ता, उहाँलाई बचाउनका लागि रातारात यसरी बच्छ कि भनेर साझिस गर्ने काम भएको छ । त्यसैले जहाँ पद्धतिबाट काम हुँदैन, त्यहाँ न्यायिक विचलन हुन्छ । जब न्यायिक विचलन हुन्छ, त्यस्तो न्यायाधीश सक्षम, निर्भिक, निष्पक्ष हुन सक्दैन । त्यस्ता न्यायाधीशबाट गरिएका सम्पादित फैसलाहरू त्रुटिपूर्ण हुन्छ । मलाई अदालतबाट निकालिसकेपछि उहाँ र रजिष्ट्रारको टिमले यसलाई के–के गरेको छ भनेर ७ जनाको टिमले अभियान चलाएर राजीनामा दिन लगाए । मैले पटक/पटक भनिरहेको छु कि न्यायालय यसरी चल्दैन । न्यायाधीशमा कस्ता कस्ता न्यायाधीशहरू छन् थाहा छ, विधि र प्रक्रियाबाट नियुक्ति नभएका न्यायाधीशहरूको त्यहाँ वर्चस्व छ ।

चोलेन्द्र शमशेर ज.ब.रा. त शक्तिशाली प्रधानन्यायाधीश बन्दै जानुभएको छ । यो प्रकरणमा त उहाँलाई सबै पोलिटिकल पार्टीले साथ दिएको छ । सत्तारुढ दल, प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूले भने, उहाँमाथि महाअभियोग प्रस्ताव लगाउन सकिँदैन ।

अब त्यो त म सांसद् पनि होइन । म पोलिटिसियन पनि होइन ।

चोलेन्द्र शमशेर ज.ब.रा.ले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्छ भन्ने तपाईको भनाई हो ?

नैतिकता छ भने । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार