काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। कानून, न्याय तथा मानव अधिकार समितिको बैठक मध्यान्ह १२ बजे बस्नेछ। बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि सरोकारवालासँग छलफल हुनेछ।
त्यस्तै, दिउँसो २ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध प्राप्त उजुरी खोल्ने तथा वितरण गर्ने, सुनुवाइको कार्यतालिका पारित गर्ने र न्यायाधीशहरूले पेश गरेका कार्ययोजना सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया