असार २३, २०८२ सोमबार July 7, 2025

६ महिनामा ८० अर्ब ६६ करोडको जीवन बिमा व्यापार

धेरै बिमा शुल्क संकलन गर्ने कम्पनीमा भने सधैंझैं नेपाल लाइफ अगाडि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । १२ माघ गत साउनदेखि पुससम्ममा जीवन बिमा कम्पनीहरूले कुल ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बढीको व्यापार गरेको छन् । गत आवको सोही अवधिको तुलनामा जीवन बिमाको व्यापार ८ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको पुस मसान्तसम्म जीवन बिमा कम्पनीहरूले ७४ अर्ब २२ करोड ६ लाख रुपैयाँको व्यापार गरेका थिए । अहिले सञ्चालनमा रहेका जीवन बिमा कम्पनीहरूले ६ महिनामा सो र कम बिमा शुल्कबापत उठाएका हुन् । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीहरूले १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गरेका थिए ।

गत आवको तुलनामा चालू आवमा प्रथम बिमाशुल्क आर्जन १४ दशमलव ६५ प्रतिशतले वृद्धि भएको हो । गत आवमा ठूला जीवन बिमा कम्पनीहरूले वैदेशिक रोजगार बिमाअन्तर्गत बिमालेखबाट १ अर्ब ४५ करोड ४५ लाख ४६ हजार रुपैयाँ आम्दानी गरेका थिए । ६ महिनामा सबैभन्दा बढी नेपाल लाइफले बिमा शुल्क आर्जन गरेको छ ।

गत वर्ष २० अर्ब मात्र बिमा शुल्क उठाएकामा अहिले २२ अर्ब ४५ करोड रुपैयाँ पु¥याएको छ । नेपाल लाइफले १२ दशमलव १६ प्रतिशत कुल बिमा शुल्क उठाएको हो । यस अवधिमा धेरै व्यापार वृद्धि गर्ने सूचीको अग्रस्थानमा सिटिजन लाइफ रहेको छ । सिटिजनले २३ दशमलव ६० प्रतिशतले व्यापार वृद्धि गरेको छ ।

गत आवको पुस मसान्तसम्म कम्पनीले २ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ मात्रै कुल बिमा शुल्क आर्जन गरेकामा चालू आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँको व्यापार गरेको छ । बिमा शुल्क प्रगतिमा रिलायबल दोस्रो स्थानमा रहेको छ । रिलायबलले कुल बिमा शुल्क २३ दशमलव ४१ प्रतिशतले वृद्धि गरेको छ ।

रिलायबलले कुल २ अर्ब ३८ करोड कुल बिमा शुल्क उठाएको हो । गत आवको पुस मसान्तसम्म रिलायबलले १ अर्ब ९३ करोड २५ लाख रुपैयाँको व्यापार गरेको थियो । चालू आवको सोही अवधिमा कम्पनीले २ अर्ब ३८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । प्रभु महालक्ष्मी लाइफले भने २ अर्ब ४२ करोड ७३ लाख बिमा शुल्क उठाएको छ ।

प्रभुले गत वर्षभन्दा १९ प्रतिशत बढी बिमा शुल्क आर्जन गरेको हो । सूर्यज्योतिले ५ अर्ब ६ करोड बिमा शुल्क उठाएको छ । यसैगरी, आईएमई लाइफ इन्स्योरेन्सले २ अर्ब ४४ करोड बिमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मीले गत वर्षको सोही अवधिको तुलनामा १९ दशमलव शून्य ९ प्रतिशत, सूर्यज्योतिले १८ दशमलव २६ प्रतिशत, आईएमई लाइफले १५ दशमलव ७२ प्रतिशतले बिमा शुल्क संकलन वृद्धि गरेका हुन् ।

१९ दशमलव ६७ प्रतिशतले व्यवसाय वृद्धि गरेको प्रभु महालक्ष्मी लाइफले पुस मसान्तसम्म २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड ८२ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको थियो । नेपाल बिमा प्राधिकरणका अनुसार नेसनल लाइफ, नेपाल लाइफ, सन नेपाल लाइफ, एसियन लाइफ, सानिमा रिलायन्स लाइफको बिमा शुल्क संकलनको वृद्धिदर १० प्रतिशतभन्दा बढी रहेको छ ।

१० प्रतिशतभन्दा तल प्रगति गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), मेट लाइफ, हिमालयन लाइफ र राष्ट्रिय जीवन बिमा कम्पनी रहेका छन् । राष्ट्रिय जीवन बिमा कम्पनीको शुल्क संकलन गत वर्षभन्दा ४१ दशमलव ६९ प्रतिशतले घटेको छ ।

धेरै बिमा शुल्क संकलन गर्ने कम्पनीमा भने सधैंझैं नेपाल लाइफ अगाडि रहेको छ । नेपाल लाइफले २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँको व्यापार गर्दा दोस्रो स्थानका लागि नेसनल लाइफ र एलआईसी नेपाल प्रतिस्पर्धामा छन् । नेसनलले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ बिमा शुल्क संकलन गर्दा एलआईसी नेपालले ९ अर्ब ४६ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । सबैभन्दा कम बिमा शुल्क आर्जन गर्ने कम्पनीमा भने सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

सन नेपाल लाइफले ६ महिनामा २ अर्ब ३१ लाख रुपैयाँबराबरको मात्रै बिमा शुल्क आर्जन गरेको छ । कुल सक्रिय जीवन बिमालेख संख्याको आधारमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ । कम्पनीको सक्रिय जीवन बिमालेख गत वर्षको तुलनामा २२ दशमलव शून्य २ प्रतिशतले घटे पनि संख्याको आधारमा अगाडि नै छ ।

रिलायवलको सक्रिय जीवन बिमा लेख २४ लाख ८२ हजार २ सय ६ वटा रहेका छन् । चालू आवको ६ महिनामा सक्रिय बिमाले ख संख्यामा वृद्धि दर भने आईएमई लाइफको बढी रहेको छ । गत वर्षको पुसमा ४ लाख १५ हजार ४ सय ९४ वटा रहेको सक्रिय जीवन बिमालेख चालू आवको पुस मसान्तसम्म पुग्दा ४६ दशमलव ६ प्रतिशतले वृद्धि गरेर ६ लाख ९ हजार ९८ वटा पु¥याएको छ ।

प्रथम बिमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ अगाडि रहेको छ । कम्पनीले चालू आवको पुस मसान्तमा प्रथम बिमाशुल्कबापत् ३ अर्ब ९२ करोड ६५ लाख रुपैयाँ संकलन गरेको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया