काठमाण्डाैंः विवाह गर्दा मानिसहरुले आफ्नो रितीरिवाज अनुसार गर्ने गर्दछन् । धर्म अनुसार फरक फरक रितीरिवाज हुन्छन् । हाम्रो समाजमा फरक फरक धर्म मान्नेले आफ्नो रितीरिवाज अनुसार विवाह गरिरहेका हुन्छन् ।
तर एउटा यस्तो स्थान छ जहाँ अनौठो परम्परा छ । जहाँ पुरुषको विवाह गर्न परेमा अर्काको श्रीमती चोर्नुपर्छ । पश्चिम अफ्रिकामा बस्ने मानिसहरुको परम्परा अनौठो छ । यहाँ पहिलेदेखी नै अर्काको श्रीमती चोर्नुपर्ने परम्परा छ ।
कुनै पुरुषको विवाह गर्नुपरेमा अर्काकी श्रीमती भगाउनु पर्दछ । यहाँ युवाहरुको पहिलो विवाह घर परिवारले भने अनुसार गर्नुपर्छ भने दोस्रो विवाह गर्नुपरेमा अर्काकी श्रमिती भगाएर विवाह गर्नुपर्दछ ।
यहाँ यस्तो परम्परा नमान्नेले विवाह गर्न पनि पाउदैन । हरेक वर्ष बनाइने गेरेवोल चाडमा केटा राम्रो बनेर आउछ । अनुहार भरी रंग दलेर नाचेर अर्काकी श्रीमतीलाई फकाउने गर्छ र भगाउछ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया