असार २१, २०८२ शनिबार July 5, 2025

ब्यापक जनदबाबपछि सर्बियाका प्रधानमन्त्रीले दिए आफ्नो पदबाट राजीनामा

युरोपेली महादेशको देश सर्बिया यही विरोधका कारण लगातार चर्चामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले आफ्नो पदबाट राजीनामा दिएका छन् । नोभेम्बरदेखि नै उनको विरोधमा आन्दोलन भइरहेको थियो ।

प्रधानमन्त्रीले परिस्थितिलाई थप जटिल बन्नबाट जोगाउन यो निर्णय गरेको बताएका छन् ।

नोभेम्बरमा सर्बियाको दोस्रो ठूलो सहर नोभि सादको रेलवे स्टेशनको एक भाग भत्कियो। यस दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो।

यस घटनाको विरोधमा दैनिक आन्दोलनका क्रममा स्थानीय समय अनुसार बिहान ११.५२ बजे १५ मिनेटका लागि सवारी आवागमन रोकिएको छ ।

यो १५ मिनेटको ट्राफिक स्टप दुर्घटना भएको बेलामा गरिन्छ । दुर्घटनापछि अहिलेसम्म कम्तीमा १२ जनालाई पक्राउ गरिएको छ ।

यसमा सर्बियाका पूर्व निर्माण मन्त्री पनि पर्छन्। घटना भएको केही दिनपछि उनले राजीनामा दिए पनि आफू दोषी नभएको बताए ।

युरोपेली महादेशको देश सर्बिया यही विरोधका कारण लगातार चर्चामा छ ।

नोभेम्बर महिनामा, बेलग्रेड विश्वविद्यालयका विद्यार्थीहरूले आफ्नो क्याम्पसमा यस घटनाको विरोध गर्न थाले र त्यसपछि बिस्तारै यो प्रदर्शन ५० भन्दा बढी विश्वविद्यालयका संकायहरूमा पुग्यो। यसबाहेक विद्यालयमा पनि प्रदर्शन हुन थालेका छन् ।

गत आइतबार, हजारौं मानिसहरू बेलग्रेडको सडकमा उत्रिए र दुर्घटनाको जिम्मेवारीको माग गरे। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार