असार २२, २०८२ आइतबार July 6, 2025

कुखुराको भालेले पोथीलाई जिस्काएपछि….

भाले कुखुराले पोथी कुखुरालाई जिस्काएको मामिला पुलिस चौकीमा दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पुरुषले महिलालाई जिस्काउने तथा अन्य विभिन्न खाले यौनजन्य हिंसा गर्ने गरेका उजुरीहरु पुलिस चौकीमा दर्ता हुने गरेको कुरा त हामीले देखेसुनेकै हो । तर के भाले कुखुराले पोथी कुखुरालाई जिस्काएको मामिला पुलिस चौकीमा दर्ता भएको सुन्नुभएको छ ? सायद छैन होला ।

घरपालुवा पशुले पशुलाई तथा पंक्षीले पंक्षीलाई करणी गर्नु, करणीको प्रयास गर्नु वा आफुभन्दा निर्वललाई लखेट्नु जस्ता मामिलालाई पुलिस चौकीमा कसले पो पूराउला भन्ने लाग्छ । तर भारतमा एक दम्पतिले छिमेकीको भाले कुखुरा विरुद्ध पुलिसमा उजुरी दिएका छन् ।

भारतको उत्तर प्रदेशस्थित लखिपुरका इश्वरदिन र उनकी श्रीमती रामगुनी आफ्नो घरको पोथी कुखुरालाई छिमेकीको भाले कुखुराले जिस्काएको तथा हिंसा गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी गर्न पुगेपछि प्रहरी चौकीका पुलिसहरु अचम्ममा परे । आफुले घरमा झण्डै आधा दर्जन कुखरा पालेको र कुखुरा आफ्नो खोरबाट बाहिर निस्किने बित्तिकै छिमेकीको भाले आएर पोथीहरुलाई जिस्काउने गरेकेा उनको गुनासो थियो ।

साथै यो विषयमा छिमेकीसँग बारम्बार झगडा पनि हुने गरेको र भालेको मालिकले झण्डै आफुमाथि मारपिट गरेको समेत उनले पुलिसलाई सुनाए । गएको बुधबार पनि छिमेकीको भाले आएर आफ्नो पोथीलाई जिस्काउन थालेपछि बल्लतल्ल भालेलाई लखेटेर उनीहरु प्रहरी चौकीमा उजुरी गर्न पुगेका रहेछन् ।

सुरुमा त कुखुराको पोथी हिंसाको उजुरी दर्ता गर्ने कि नगर्ने भनेर प्रहरी चौकीका प्रमुख दोधारमा परे । तर जनताले मर्का परेर आफुकहाँ दिन आएको उजुरी दर्ता नगर्न पनि मिलेन । अनि दर्ता गरे । दर्ता मात्र गरेनन् प्रहरी प्रमुखले आफ्ना एक मातहतका प्रहरी कर्मचारीलाई यो विषयको छानविन गरि सत्यतथ्य पत्ता लगाउन आदेश पनि दिए । अनि पोथी जिस्काउने भालेमाथि कारवाहीको आस्वासन पनि दिएको वनइण्डिया अनलाइनले जनाएकेा छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार