जेठ ३०, २०८३ शनिबार June 13, 2026

कुखुराको भालेले पोथीलाई जिस्काएपछि….

भाले कुखुराले पोथी कुखुरालाई जिस्काएको मामिला पुलिस चौकीमा दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पुरुषले महिलालाई जिस्काउने तथा अन्य विभिन्न खाले यौनजन्य हिंसा गर्ने गरेका उजुरीहरु पुलिस चौकीमा दर्ता हुने गरेको कुरा त हामीले देखेसुनेकै हो । तर के भाले कुखुराले पोथी कुखुरालाई जिस्काएको मामिला पुलिस चौकीमा दर्ता भएको सुन्नुभएको छ ? सायद छैन होला ।

घरपालुवा पशुले पशुलाई तथा पंक्षीले पंक्षीलाई करणी गर्नु, करणीको प्रयास गर्नु वा आफुभन्दा निर्वललाई लखेट्नु जस्ता मामिलालाई पुलिस चौकीमा कसले पो पूराउला भन्ने लाग्छ । तर भारतमा एक दम्पतिले छिमेकीको भाले कुखुरा विरुद्ध पुलिसमा उजुरी दिएका छन् ।

भारतको उत्तर प्रदेशस्थित लखिपुरका इश्वरदिन र उनकी श्रीमती रामगुनी आफ्नो घरको पोथी कुखुरालाई छिमेकीको भाले कुखुराले जिस्काएको तथा हिंसा गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी गर्न पुगेपछि प्रहरी चौकीका पुलिसहरु अचम्ममा परे । आफुले घरमा झण्डै आधा दर्जन कुखरा पालेको र कुखुरा आफ्नो खोरबाट बाहिर निस्किने बित्तिकै छिमेकीको भाले आएर पोथीहरुलाई जिस्काउने गरेकेा उनको गुनासो थियो ।

साथै यो विषयमा छिमेकीसँग बारम्बार झगडा पनि हुने गरेको र भालेको मालिकले झण्डै आफुमाथि मारपिट गरेको समेत उनले पुलिसलाई सुनाए । गएको बुधबार पनि छिमेकीको भाले आएर आफ्नो पोथीलाई जिस्काउन थालेपछि बल्लतल्ल भालेलाई लखेटेर उनीहरु प्रहरी चौकीमा उजुरी गर्न पुगेका रहेछन् ।

सुरुमा त कुखुराको पोथी हिंसाको उजुरी दर्ता गर्ने कि नगर्ने भनेर प्रहरी चौकीका प्रमुख दोधारमा परे । तर जनताले मर्का परेर आफुकहाँ दिन आएको उजुरी दर्ता नगर्न पनि मिलेन । अनि दर्ता गरे । दर्ता मात्र गरेनन् प्रहरी प्रमुखले आफ्ना एक मातहतका प्रहरी कर्मचारीलाई यो विषयको छानविन गरि सत्यतथ्य पत्ता लगाउन आदेश पनि दिए । अनि पोथी जिस्काउने भालेमाथि कारवाहीको आस्वासन पनि दिएको वनइण्डिया अनलाइनले जनाएकेा छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ : नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
२०८३ जेठ ३०, शनिबार
हुरीबाट शुक्लाफाँटाका ८० परिवार प्रभावित
२०८३ जेठ ३०, शनिबार
काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
२०८३ जेठ ३०, शनिबार
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइदै
२०८३ जेठ ३०, शनिबार
भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै
२०८३ जेठ ३०, शनिबार
सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
२०८३ जेठ ३०, शनिबार
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा PVST स्कुलिङ कार्यक्रम सुरु हुँदै
२०८३ जेठ ३०, शनिबार