असार २४, २०८२ मंगलबार July 8, 2025

क्षेत्रपाल माविले मनायो ४५ औं वार्षिक उत्सव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चौघडा । जिल्लाको लिखु गाउँपलिका वडा नं ४ मा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयले आफ्नो ४५ औं वार्षिक उत्सव मनाएको छ । गाउँपलिकाका अध्यक्ष धुव्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थी,शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले विद्यालयले हालसम्म गरेको प्रगतीको प्रसंसा गर्दै यसलाई अझै गुणस्तरीय बनाउँदै लैजान सुझाव दिनुभयो ।

अध्यक्ष श्रेष्ठले सामुदायिक विद्यालयप्रति आम नागरिकको विश्वास कम रहेको तर्फ सचेत हुँदै त्यसमा क्रमश सुधार गरेर अघि बढ्न निर्देशन दिनुभयो । उहाले गाउँपालिकाले सबै सामुदायिक विद्यालयहरुको जिम्मेवारी लिएको भन्दै अब आफ्नो तर्फबाट पनि सरकारी विद्यालयलाई निजी जस्तै गुणस्तरीय बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र कुमार राईको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रोजिना राई,विद्यालय सचाल समतिका तर्फबाट अमृत श्रेष्ठ,वडा नं ४ का वडा अध्यक्ष दलबहादुर राई, विद्यालय अभिभावक संघका अध्यक्ष रामचन्द्र अगस्ती,लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा विद्यालयको कम्पाण्ड वाल लगाउनका लागि सहयोग गर्ने स्पीडवे फाउण्डेसनका प्रवन्धक राजु श्रेष्ठलाई सम्मान गरिएको थियो ।

विभिन्न सांस्कृति कार्यक्रममा तथा सरस्वती माताको पुजाआजा गर्दै वार्षिक उत्सवलाई भव्य रुपमा मनाइएको थियो । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले क्षेत्र सामुदायिक क्याम्पस सञ्चालनका लागि गाउँपालिकाबाट ५ लाख दिने घोषणा समेत गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार