माघ २८, २०८१ सोमबार February 10, 2025

दक्षिण कोरियामा डुङ्गा पल्टिँदा एककाे मृत्यु, तीन बेपत्ता

उद्धार गरिएकामध्ये एकलाई हृदयघात भएको अवस्थामा अस्पताल लगियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, माघ १९ गते । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुई वटा डुङ्गा डुब्दा एककाे मृत्यु भएकाे छ भने तीन बेपत्ता भएका छन् । योनहाप समाचार एजेन्सीका अनुसार हालसम्म चालक दलका १२ सदस्यलाई उद्धार गरिएको छ ।

स्थानीय समयअनुसार बिहान ९ः२५ बजे चालक दलका सदस्य सहितको ३२ टन तथा २९ टन वजनको डुङ्गा टापु जेजुमा डुबेको हो ।

उद्धार गरिएकामध्ये एकलाई हृदयघात भएको अवस्थामा अस्पताल लगिएको र प्राथमिक उपचार गरिएको थियो । बाँकी तीन जना चालक दलका सदस्यहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया