श्रावण २४, २०८३ आइतबार August 9, 2026

माइक्रोसफ्टले ल्यायो परिवार सुरक्षा एप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्राविधिक क्षेत्रमा अग्रणी संस्था मानिने माइक्रोसफ्टले परिवार सुरक्षा एप ल्याएको छ । नयाँ एपले परिवारका सदस्यहरुको विद्युतीय र शारीरिक सुरक्षा प्रदान गर्न सहयोग गर्ने अधिकारीले जनाएका छन् ।

यस एपले विद्युतीय सामग्री प्रयोगकर्तालाई विद्युतीय सामग्रीको स्क्रिन हेर्न नियन्त्रण गर्ने, स्क्रिनबाट बालबालिकाको स्वास्थ्य जोगाउने लगायतमा पनि सहयोग गर्ने जनाइएको छ ।

यो एप आइओएस र एड्रोएडमा प्रयोग गर्न सकिने कम्पनीका अधिकारीहरुले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनाएका छन् । बालबालिकाहरुलाई कस्ता वेभसाईड हेर्न दिने र कस्ता वेभसाईड हेर्न नदिने भनेर नियन्त्रण गर्न सकिने व्यवस्था पनि यस एपमा गरिएको छ ।

नयाँ एपका प्रयोगकर्ताहरुलाई विद्युतीय सामग्रीहरुलाई बालमैत्री बनाउने, हानी न्युनिकरण गर्ने, स्वास्थ्यलाई फाइदा गराउने, बानीमा सुधार ल्याउनेलगायतका फाइदा हुने कम्पनीले जनाएको छ । कारोबार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
२०८३ श्रावण २३, शनिबार