बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

सरकारले ल्याएको अध्यादेशका प्रावधानले लगानीलाई आकर्षित गर्न सक्छ  : डा. प्रकाशशरण महत (अन्तवार्ता)

विदेशी सहयोग दीर्घकालीन नहुने भएकाले आत्मनिर्भरता बढाउन निजी क्षेत्रलाई आकर्षित गर्ने बाटोमा जानु उपयुक्त हुन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पछिल्लो अमेरिकी नीतिले हाम्रो विकास निर्माणमा कस्तो प्रभाव पार्ला ?

अहिले नै यस्तै हुन्छ भन्न त कठिन छ । केही न केही प्रभाव देखिन सक्छ । तर, पछिल्लो समयमा सरकारले ल्याएको अध्यादेशका प्रावधानले लगानीलाई आकर्षित गर्न सक्छ । यसले केही सहज गराउँछ । लगानीकर्ताले जहाँ सहज हुन्छ, लगानी त्यतै लैजान्छ । त्यसैले, कानुनकै आधारमा मात्र सबथोक हुन्छ भन्न मिल्दैन । तर, बनेको कानुन सहज रूपमा कार्यान्वयन गर्न सकियो भने पनि यसको प्रभाव सकारात्मक देखिन सक्छ ।

यस्तो अवस्थाबाट जोगिन हाम्रो तयारी कस्तो छ ?

हाम्रो अर्थतन्त्रको आकार त्यस्तो ठुलो छैन । त्यसैले, हामी संकटमै पर्ने अवस्थाचाहिँ छैन । पछिल्लो समयमा आइटीमा राम्रो ‘स्कोप’ देखिएको छ । ठुला पूर्वाधार विकास या उद्योगमा जस्तो आइटीमा ठुलो लगानीको खाँचो पर्दैन । यसबाट राम्रो रोजगारी सिर्जना हुन सक्छ । युवा पलायन रोक्न सहयोग पुग्छ । स्वदेशमै बसेर राम्रो आय आर्जन गर्न सकिन्छ भन्ने विश्वास आइटी सेक्टरले बढाएको छ । भविष्यमा हाम्रो निर्यातको ‘मेजर सेक्टर’ नै आइटी बन्न सक्छ । त्यसैले, हामीले त्यसका सहजीकरण गरिदिनुपर्छ ।

भविष्यमा हाम्रो विकास निर्माणलाई प्रभावित हुन नदिन के गर्नुपर्ला ?

यसका लागि स्वदेशी तथा विदेशी लगानी बढाउनु जरुरी छ । एनआरएनएको लगानीलाई पनि यसमा जोड्न सकिन्छ । यस्तो लगानीले देशमा उद्योगधन्दा फस्टाउँछन् । त्यसबाट रोजगारी बढ्छ । सरकारको राजस्व वृद्धि हुन्छ । यसबाट विकास निर्माणमा विदेशी अनुदान या ऋणमा भर पर्नुपर्ने अवस्थामा सुधार आउँछ । विदेशी सहयोग दीर्घकालीन नहुने भएकाले आत्मनिर्भरता बढाउन निजी क्षेत्रलाई आकर्षित गर्ने बाटोमा जानु उपयुक्त हुन्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
कांग्रेस नेता कोइरालाद्वारा बागमती प्रदेशका नेतासँग छलफल
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार