माघ २८, २०८१ सोमबार February 10, 2025

श्रीलङ्काको समुद्री इलाकाबाट १० भारतीय मछुवा पक्राउ

सन् २०२५ मा हालसम्म ७० भन्दा बढी भारतीय मछुवाहरूलाई पक्राउ गरेको नौसेनाको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोलम्बो, २१ माघ । श्रीलङ्काको जलसेनाले आइतबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका १० जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।

उत्तरी श्रीलङ्काको मन्नारको दक्षिणमा रहेको समुद्री क्षेत्रमा आइतबार राति विशेष अपरेसनका क्रममा ती मछुवाहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ । उनीहरूले प्रयोग गरेका डुङ्गा पनि जफत गरेको विज्ञप्तिमा उल्लेख छ ।

नौसेनाले डुङ्गा र माछा मार्नेहरूलाई कानुनी कारबाहीका लागि स्थानीय अधिकारीहरूलाई बुझाएको जनाएको छ । श्रीलङ्काको नौसेनाले सन् २०२५ मा हालसम्म ७० भन्दा बढी भारतीय मछुवाहरूलाई पक्राउ गरेको नौसेनाको तथ्याङ्कले देखाएको छ ।

नौसेनाले अवैध माछा मार्ने अभ्यासहरूलाई रोक्न श्रीलङ्काको समुद्री क्षेत्रमा नियमित गस्ती र अपरेसनहरू सञ्चालन गर्दछ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया