बैसाख २६, २०८३ शनिबार May 9, 2026

लागुऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१३ गौरिपुरुवाका २८ वर्षीय छोटु लोनियालाई लागुऔषध ४ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ उनलाई उक्त परिमाणको ब्राउनसुगरसहित पक्राउ गरेको हो।

यसैगरी, मोरङको पथरीशनिश्चरे नगरपालिका-६ भातेगौंडा बस्ने ३२ वर्षीय बर्जमोहन यादव र सोही नगरपालिका–४ बस्ने १८ वर्षीय किशोरलाई एक किलो लागुऔषध गाँजा र नगद ८ हजार १५० रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।

बर्जमोहनले गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने खबरको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

साथै, प्रहरीले उनीहरूको साथबाट को.२२ प ५४७३ नम्बरको स्कुटरसमेत बरामद गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो
२०८३ बैसाख २६, शनिबार
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार