मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

कुर्स्क अपरेसनमा ९०९ रूसी सेना कब्जा गरेको किएभको दाबी

किएभ र मस्को करिब तीन वर्षदेखि युद्धमा रहे पनि बन्दी आदानप्रदानमा सहकार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किएभ, २४ माघ : युक्रेनले बिहीबार पश्चिमी रूसी कुर्स्क क्षेत्रमा छ महिनाको लडाइँमा नौ सयभन्दा बढी रूसी सेनालाई पक्राउ गरेको बताएको छ ।

युक्रेनी युद्धबन्दीहरूको साटासाट गर्न रुसी सैनिकहरूको भण्डार बढाउनु रुससँगको सिमानामा अगस्टमा सुरु गरिएको आफ्नो सङ्घर्षरत अपरेसनको मुख्य लक्ष्य रहेको किएभले बताएको छ ।

“अपरेसनका क्रममा युक्रेनी सेनाले ९०९ रूसी सैनिकलाई पक्राउ गरी विनिमय कोषमा उल्लेखनीय वृद्धि गर्‍यो”, युक्रेनी सेनाले विज्ञप्तिमा भनेको छ, “यसले रूसी जेलहरूमा थुनिएका सयौँ युक्रेनी रक्षकलाई घर फर्काउन सम्भव बनायो ।”

किएभ र मस्को करिब तीन वर्षदेखि युद्धमा रहे पनि बन्दी आदानप्रदानमा सहकार्य गरिरहेका छन् र युक्रेनले आफ्ना पक्राउ परेका सैनिकहरूलाई फिर्ता ल्याउनलाई प्राथमिकता दिएको छ ।

गत वर्ष युक्रेनी सेनाले कुर्स्क क्षेत्रमा भएका कारबाहीहरूमा सात सयभन्दा बढी रूसी सैनिकलाई पक्राउ गरेको बताएको थियो ।

दोस्रो विश्वयुद्धपछि रुसमा विदेशी सेनाले गरेको सबैभन्दा ठूलो आक्रमणपछि युक्रेनी सेनाले रुसी भूभाग गुमाउँदै आएको छ ।

कुर्स्कमा आफूले कायम राखेको भूमि रूससँग भविष्यमा हुने कुनै पनि शान्ति वार्तामा महत्त्वपूर्ण सौदाबाजीको साधन हुने किएभले बताएको छ । युक्रेनका सेनाहरूले पूर्वी युक्रेनको अग्रपङ्क्तिमा लगातार प्रगति गरिरहेका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार