चैत्र २, २०८१ शनिबार March 15, 2025

अल-बुरहानद्वारा सुडानमा नयाँ सरकार गठनको घोषणा

आगामी अवधिमा संक्रमणकालीन कार्यहरू पूरा गर्न सरकारको गठन हुने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खार्तुम, माघ २७ गते । सुडानका सत्तारुढ जनरल अब्देल फताह अल–बुरहानले विनासकारी गृहयुद्धको बिचमा देशको मामिला व्यवस्थापन गर्न चाँडै नयाँ सरकार गठन हुने बताएको छ ।

संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष र सुडानी सशस्त्र बलका कमाण्डर अल–बुरहानले पोर्ट सुडानमा राजनीतिक शक्तिहरूसँगको बैठकमा यो घोषणा गर्नुभयो । आगामी अवधिमा संक्रमणकालीन कार्यहरू पूरा गर्न सरकारको गठन हुने र यसलाई कामचलाउ सरकार वा युद्धकालीन सरकार भन्न सकिने बताउनुभयो ।

अल–बुरहानले सरकारमा स्वतन्त्र राष्ट्रिय व्यक्तित्वहरू समावेश हुने कुरामा जोड दिनुभयो । जनरलले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेसँग वार्ता गर्ने कुरालाई अस्वीकार गर्नुभयो । अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसार द्वन्द्वले लगभग २७ हजार जनाको ज्यान लिएको छ ।  १ करोड ५० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् । सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया