मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

श्रीलङ्काको समुद्री इलाकाबाट १४ भारतीय मछुवा पक्राउ

नौसेनाद्धारा अवैध माछा मार्ने अभ्यासहरूलाई रोक्न श्रीलङ्काको समुद्री क्षेत्रमा नियमित गस्ती र अपरेसनहरू सञ्चालन गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तमिलनाडु । श्रीलङ्काको जलसेनाले आइतबार राति आफ्नो जलक्षेत्रमा अवैध रूपमा माछा मारिरहेका १४ जना भारतीय मछुवालाई पक्राउ गरेको छ ।

उत्तरी श्रीलङ्काको मन्नारको दक्षिणमा रहेको समुद्री क्षेत्रमा आइतबार राति विशेष अपरेसनका क्रममा ती मछुवाहरूलाई पक्राउ गरिएको नौसेनाले जनाएको छ । उनीहरूले प्रयोग गरेका डुङ्गा पनि जफत गरेको विज्ञप्तिमा उल्लेख छ।

शनिबार रामेश्वरमबाट चार सयभन्दा बढी डुङ्गामा माछा मार्न गएका थिए ।

नौसेनाले अवैध माछा मार्ने अभ्यासहरूलाई रोक्न श्रीलङ्काको समुद्री क्षेत्रमा नियमित गस्ती र अपरेसनहरू सञ्चालन गर्दछ ।

डीएमके सांसद कनिमोझीले केन्द्रीय सरकारलाई श्रीलङ्काली नौसेनाले गिरफ्तार गरिएका ९७ तमिलनाडु मछुवालाई रिहा गर्न तत्काल कदम चाल्न आग्रह गर्नुभयो ।

सांसदले केन्द्रीय सरकारलाई श्रीलङ्का सरकारसँग वार्ता गर्न र समस्याको स्थायी समाधान खोज्न आग्रह गर्नुभयो । “हामी समातिएका डुङ्गाहरूलाई रिहा गर्न चाहन्छौँ । हामी केन्द्रीय सरकारले श्रीलङ्का सरकारसँग वार्ता गरी स्थायी समाधान खोज्न चाहन्छौँ,” कनिमोझीले बताउनुभयो ।

सांसद कनिमोझीले मिडियासँग कुरा गर्दै भन्नुभयो,“श्रीलङ्काली नौसेनाले तमिलनाडुका मछुवाहरूलाई गिरफ्तार गरी उत्पीडन गरिरहेको छ । अहिले करिब ९७ तमिलनाडुका मछुवाहरूलाई पक्राउ गरिएको छ ।” हाम्रा मुख्यमन्त्री एमके स्टालिनले मन्त्री र प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार