असार १, २०८३ सोमबार June 15, 2026

एमाले कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको झलनाथ खनालको आरोप

समाजवाद प्राप्तिको एउटा आधारशिला एकीकृत समाजवादीले तयार गर्नुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) नेपाली कांग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताएका छन् ।

आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

एमालेको आखिर मुख्य प्रतिद्वन्दी कांग्रेस भए पनि उसैको बुई चढेर हिँडिरहेको बताए । विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने उल्लेख गरे । क्रान्तिकारी बाटो र अडान लिएर नेकपा (एकीकृत समाजवादी) अगाडि बढ्न जरुरी रहेको उनको धारणा थियो । उनले समाजवाद प्राप्तिको एउटा आधारशिला एकीकृत समाजवादीले तयार गर्नुपर्ने स्पष्ट पारे ।

“अहिले एमालेको नेतृत्वलाई हेर्नुस् त । एमालेको आखिर मुख्य प्रतिद्वन्दी को हो ? कांग्रेस नै हो । तर कांग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ । हिजो माओवादीले पनि त्यही गर्‍यो । हामी पनि त्यसैतिर लागिरहेका छौँ । अब त हामीले सिक्यौँ की जस्तो लागेको छ । अब क्रान्तिकारी बाटो र अडान लिएर अगाडि बढ्नुपर्छ । त्यसले मात्रै वास्तवमा समाजवाद प्राप्तिको एउटा आधारशिला तयार पार्छ,” उनले भने ।

खनालले संगठन निर्माण गर्नेकुरालाई ध्यान दिन नसके संघर्षका कुरा अघि बढाउन अफ्ठ्यारो हुने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रभावकारी सेवा प्रवाहका माध्यमबाट मुलुकलाई प्रगतिको मार्गमा अग्रसर गराऔं : राष्ट्रपति
२०८३ असार १, सोमबार
जी–७ मा इरान सम्झौताको छाया
२०८३ असार १, सोमबार
शिक्षामन्त्रीसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ असार १, सोमबार
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
२०८३ असार १, सोमबार
प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक प्रशिक्षण
२०८३ असार १, सोमबार
स्वास्थ्यमन्त्री मेहतासँग जर्मनीका उच्च अधिकारीको शिष्टाचार भेटवार्ता
२०८३ असार १, सोमबार
अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
२०८३ असार १, सोमबार