भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

त्रिभुवन विश्वविद्यालयको ताला खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा सेवा आयोगमा लागेका ताला प्रशासनले सोमबार खुलाएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल, रजिष्ट्रार पेशल दाहाल र त्रिवि सेवा आयोगमा त्रिविका नियुक्तिहरुमा सत्तारुढ नेकपाको भर्तीकेन्द्र बनाइएको भन्दै नेपाल विद्यार्थी संघले साउन ४ गते ताला लगाएको थियो ।

यस्तै विश्वविद्यालयलाई राजनीतिकरण भन्दा टाढा राख्नुपर्ने र राजनीतिक नियुक्ति खारेजीको माग गर्दै ३३ सुत्रिय माग राख्दै प्रजातन्त्रवादी प्राध्यापक संघले साउन ५ गते र समावेशी सिद्धान्त अनुरुप नियुक्ति नभएको भन्दै लोकतान्त्रिक प्राध्यापक संघले साउन ११ गते ताला लगाएका थिए ।

आजै शिक्षाशास्त्र संकायको डीन कार्यालय र मानविकि तथा सामाजिकशास्त्र संकायमा लगाइएको ताला पनि खोलिएका छन् ।

दुई साताअघिदेखि त्रिवि पदाधिकारी कार्यकक्षमा लगाएको ताला खोल्न माग गर्दै त्रिविका कर्मचारीले हालेको रिटको सुनुवाई गर्दै अदालतले ताला खोल्न साउन १८ गते आदेश दिएको थियो ।

अदालतको आदेश अनुसार ताला खोलिए पनि आन्दोलनरत पक्षसँग वार्ताको आव्हान गरिरहेको त्रिविले जनाएको छ भने आन्दोलनरत पक्षहरुले भने आन्दोलन जारी राख्ने जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीपीडितका नाममा अनधिकृत QR कोडबाट रकम नदिन सरकारको आग्रह
२०८३ भाद्र १२, शुक्रबार
राप्रपा नेता विक्रम पाण्डेद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
२०८३ भाद्र १२, शुक्रबार
अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
२०८३ भाद्र १२, शुक्रबार
रेडक्रसमा भाँड भैलो : केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन,
२०८३ भाद्र १२, शुक्रबार
उद्धार र राहतमा सघाउन आग्रह
२०८३ भाद्र १२, शुक्रबार
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
२०८३ भाद्र १२, शुक्रबार
विद्युत् आपूर्ति नियमित हुँदै
२०८३ भाद्र १२, शुक्रबार