असार २३, २०८२ सोमबार July 7, 2025

एआई नीति प्रभावकारी बनाउन सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन ५ गते ।  राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८१ लाई थप प्रभावकारी बनाउन तीन विज्ञ संस्थाले सरकारलाई महत्वपूर्ण सुझावसहितको अवधारणापत्र हस्तान्तरण गरेका छन् ।

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन सेन्टर (सिएसआरआई नेपाल), इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपिसर्ट) र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट (आइजिआई) ले संयुक्त रूपमा तयार पारेको अवधारणापत्र आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बुझाइएको सिएसआरआई नेपालका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीले  जानकारी दिनुभयो ।

अधिकारीका अनुसार अवधारणापत्र बुझ्दै मन्त्री गुरुङले एआई नीतिलाई सबैको सहभागिता र सुझावका आधारमा पारदर्शी रूपमा अघि बढाइने बताउनुभयो । उहाँले छिट्टै नीति पारित गरी लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विज्ञहरूले भेटमा सञ्चारमन्त्री गुरुङसँग एआईको प्रयोग बढ्दै गएको सन्दर्भमा सरकारले ल्याएको नीति स्वागतयोग्य रहेको बताएका छन् तर साइबर सुरक्षाका सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय सुरक्षाका सवालमा एआईको महत्वपूर्ण भूमिका रहने भएकाले त्यसलाई नीतिमा उचित रूपमा समेट्नुपर्ने उहाँहरूको सुझाव छ ।

विज्ञ संस्थाहरूले प्रस्तुत गरेका अवधारणापत्रमा नेपालको सामाजिक–आर्थिक विकास, राष्ट्रिय आकाङ्क्षा र विश्वव्यापी एआई प्रवृत्तिसँग मेल खाने नीति निर्माणका लागि १० बुँदे सिफारिस समावेश गरिएको छ । अवधारणापत्रमा नीति कार्यान्वयन प्रभावकारी बनाउन प्राथमिकता निर्धारण, समयसीमा तोक्नुपर्ने, जिम्मेवारी स्पष्ट पार्नुपर्ने, अनुगमन तथा मूल्याङ्कन संयन्त्र बलियो बनाउनुपर्ने, क्षमता विकासमा ध्यान दिनुपर्ने, सहकार्यलाई प्रवर्धन गर्नुपर्ने, नैतिकता र समावेशितालाई उच्च प्राथमिकता दिनुपर्ने जस्ता विषयमा जोड दिइएको छ ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार