श्रावण १९, २०८३ मंगलबार August 4, 2026

अभिनेता दिलीप रायमाझीलाई पितृशोक

लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित रायमाझीको पशुपति आर्यघाटमा अन्त्येष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कीर्तिपुर । अभिनेता दिलीप रायमाझी पितृ शोकमा पर्नुभएको छ । उहाँका पिता आनन्दकुमार रायमाझीको ७८ वर्षको उमेरमा शुक्रबार राति कीर्तिपुर अस्पतालमा निधन भएको हो । उहाँ लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो ।

दिलीप ‘मेरो डान्स युनिभर्स’को अडिशनका क्रममा अमेरिका, जापान, थाइल्याण्ड हुँदै भारतबाट शुक्रबार राति ११ बजे काठमाडौं आइपुग्नुभएको थियो ।

अन्तिम समयमा रायमाझीले बुबालाई भेट्न पाउनुभएको थियो । पिताको अन्त्येष्टि शनिबार पशुपति आर्यघाटमा गरिएको छ ।

अभिनेता दिलीप रायमाझीलाई पितृशोक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया