असार २४, २०८२ मंगलबार July 8, 2025

अन्तराष्ट्रिय महिला च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र म्यानमार भिड्दै

फाइनल खेल दशरथ रङ्गशालामा साँझ ६ बजेबाट सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ ।

फाइनल खेल दशरथ रङ्गशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । नेपाल आजको खेल जित्दै उपाधि खडेरी अन्त्य गर्न चाहन्छ । नेपालले समग्रमा १३औँ पटक फाइनल खेल्दै छ ।

१२औँ पटक फाइनलमा असफल भएको नेपाललाई घरेलु मैदानमा फाइनल जित्दै पहिलो पटक उपाधि जित्ने सुनौलो अवसर छ ।

नेपाली महिला टिम ‘साफ महिला च्याम्पियनसिप’मा चारपटक भारत र दुईपटक बंगलादेशसँग तथा दक्षिण एसियाली खेलकुद (साग)मा तीनपटक भारतसँग फाइनलमा पराजित भएको छ ।

गत ५ फागुनदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनान प्रतिस्पर्धामा थिए । जसमा नेपाल र म्यानमार दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

लिग चरणमा भएका तीन–तीन खेलमा दुई–दुई खेल जित्दै र एक बराबरी खेल्दै समान ७ अंक जोडेर दुुवै टोली फाइनलमा पुगेका हुन् । गोलअन्तरमा म्यानमार पहिलो र नेपाल दोस्रो हुँदै फाइनलमा स्थान बनाए ।

नेपाल र म्यानमारबीच चारपटक प्रतिस्पर्धा भएको छ । जसमा म्यानमारले दुई खेल जित्दा दुई खेल बराबरीमा सकिएको छ ।

सन् २०१८ मा भएको ‘ओलम्पिक एसिया छनोट’ पहिलो चरणमा नेपाल र म्यानमारले १–१ को बराबरी खेलेका थिए भने सन् २०१९ मा भारतमा सम्पन्न ‘हिरो कप लिग चरण’मा नेपाल म्यानमारसँग ३–० तथा फाइनलमा ३–१ ले पराजित हुन पुगेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार