भद्रपुर, झापा । झापा ११ भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै झापा ११ ले फाइनलमा स्थान पक्का गरेको हो ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको अतिरिक्त ५ मिनटको समय सम्हालिन नसक्दा भुटान प्रतियोगिताबाट बाहिरियो । खेलमा झापा ११ का तर्फबाट एरोन थापा, रोहन कार्की र हरिबहादुर आले मगर भुटानका तर्फबाट सुरज रसाइलीले गोल गरे । खेलको प्लेयर अफ द म्याच विजयी टिमको जर्सी नं ४७ का खेलाडी एरोन थापा भए । उनले नगद २१ हजारसहित ट्रफी पाए ।
अब शुक्रबार आयोजकको टिम भद्रपुर ब्लेजर्स र झापा ११ का बीच १३ लाख नगद पुरस्कारको उपाधिका लागि प्रतिस्पर्धा हुने भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकालले बताउनुभयो ।रोहित काफ्ले
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया