श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सामाजिक दूरी कायम गर्न कलाकार संघको यस्तो अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल चलचित्र कलाकार संघले छायांकनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो सयम नेपाली गीतको भिडियो छायांकनको क्रम एकाएक बढेपछी ध्यानाकर्षण भएको जनाएको हो ।

कलाकार संघले बुधबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा कोरोना संक्रमण बढेको भन्दै कलाकारहरूलाई ध्यानाकर्षण गराएको छ । पछिल्लो समय म्युजिक भिडियोका छायांकन नेपाली चलचित्रका अभिनेता अभिनेत्रीदेखि कलाकारसम्मको सक्रियता बढेकोप्रति संघका ध्यानकर्षण भएको हो ।

संघले बुधबार जारी गरेको विज्ञप्तिमा यस्ता छायांकनमा कलाकारहरूले सामाजिक दूरी पटक्कै कायम नगरेको नेपाल चलचित्र कलाकार संघले जनाएको छ । कतिपय म्युजिक भिडियाको छायांकनमा कलाकार तथा प्राविधिकहरूको भिड देखिएकाले अबका दिनमा पूर्ण सामाजिक दूरी कामय गर्दैै छायांकन अघि बढाउन पनि संघको अपिल छ । कोरोना कुनै पनि अवस्थामा जोकोहीलाई हुन सक्ने भएकाले कलाकार आफैंले यस्तो बेलामा सचेत हुनुपर्ने संघको सुझाव छ ।

यसैबीच कलाकार संघले विगतमा विभिन्न सेवा प्रदान गर्दै आएको जनाउँदै कुनै पनि समस्यामा आफ्ना संघका सदस्यहरू छन् भने संघमा सम्र्पक राख्न पनि अपिल गरेको छ । कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले अहिलेको अवस्थामा विशेष काम नभएसम्म घरबाट बाहिर ननिक्लिन पनि कलाकारहरूलाई विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार