असार ६, २०८३ शनिबार June 20, 2026

कांग्रेसको आगामी महाधिवेशन ०८३ मंसिरदेखि माघभित्र सम्पन्न हुन्छ : नैनसिंह महर (अन्तवार्ता)

आगामी महाधिवेशनमा पार्टी नेतृत्व या पदाधिकारीमा उठ्ने दाबी गर्ने नेताहरूकै गृहजिल्ला या निर्वाचन क्षेत्रमा समेत विवाद छ 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कांग्रेस केन्द्रीय समितिको बैठक बस्न किन ढिलाइ भइरहेको हो ? 

लामो समयदेखि कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकिरहेको छैन । यसले लोकतान्त्रिक पार्टीको लोकतान्त्रिक चरित्रमाथि नै असर पारिरहेको छ । केन्द्रीय समितिबाट हुनुपर्ने निर्णय पार्टी पदाधिकारी र कार्य सम्पादन समितिबाट हुँदा त्यसले केन्द्रीय कार्य समितिमाथि नै धावा बोलिरहेको अवस्था छ । यसले राम्रो सन्देश प्रवाह गरिरहेको छैन ।

नेतृत्वले केन्द्रीय सदस्यहरूबाट आउने प्रश्न छल्न खोजेको त होइन ?

१० महिनापछि पार्टीको १५औँ महाधिवेशन हुँदै छ । तर, त्यसका लागि गर्नुपर्ने सक्रिय सदस्यता वितरण निकै सुस्त छ । आफू आगामी महाधिवेशनमा पार्टी नेतृत्व या पदाधिकारीमा उठ्ने दाबी गर्ने नेताहरूकै गृहजिल्ला या निर्वाचन क्षेत्रमा समेत विवाद छ । त्यसलाई टुंग्याउन खासै पहल भएको देखिन्न । केन्द्रीय कार्यालयमा पार्टी नेतृत्व र पदाधिकारीको उपस्थिति पनि उत्साहजनक देखिन्न । पार्टीको सयदिने अभियानमा सरकारमा कांग्रेसले आफ्नो ओजअनुसार भूमिका निभाउन नसकेको र सरकार जनजीविकाका सवालमा धेरै ठाउँमा चुकेको प्रश्न उठेको छ । यस्ता प्रश्नको जवाफ नेतृत्वले छल्न खोज्दैमा कसरी छलिएला र ?

१५औँ महाधिवेशनको मितिबारे पनि फरक फरक धारणा आइरहेको छ नि ?

कांग्रेसको इतिहास र परम्पराअनुसार चारवर्षे केन्द्रीय समितिको पदावधि एक वर्ष विधानतः थप्न मिल्छ । त्यसपछि विशेष परिस्थितिमा थप ६ महिना थप्न सकिन्छ । त्यसबाहेक थप समयको कल्पना गर्न सकिन्न । कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले समयमै महाधिवेशन गराएन भने ऊ र अन्य कम्युनिस्ट पार्टीबीच के नै भिन्नता भयो र ? फेरि लोकतन्त्रका लागि लामो संघर्ष गर्नुभएका वर्तमान सभापति पनि महाधिवेशन सार्ने सोचमा हुनुहुन्छ जस्तो लाग्दैन । त्यसैले, कांग्रेसको आगामी महाधिवेशन ०८३ मंसिरदेखि माघभित्र सम्पन्न हुन्छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार
२०८३ असार ६, शनिबार
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार