असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैतको १ देखि हुने

भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३५ हजार, २० हजार र १० हजार पुरस्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १७ फागुन । नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सहआयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता आगामी चैतको १ देखि ४ गतेसम्म हुने भएको छ ।

नखिपोटस्थित आयोजकको आफ्नै कभर्डहलमा प्रतियोगिता हुने आयोजक नखिपोट युथ क्लबका अध्यक्ष जङ्गबहादुर सुनुवारले जानकारी दिए । प्रतियोगितामा छ स्पर्धामा करिब दुई सय ७५ खेलाडीको सहभागिता अपेक्षा गरिएको क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूले जानकारी बताए । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि तीन लाख ८५ हजार रहेको छ ।

पुरुष÷महिला सिङ्गल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र सात हजार पाँच सय पाउने छन् । पुरुष सिङ्गल्समा शीर्ष आठ वरियतामा रहेका खेलाडी सहभागी हुन पाउने छैनन् । यु–१७ पुरुष सिङ्गल्समा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच हजार नगद पुरस्कार हात पार्ने छन् ।

शीर्ष २० वरियताबाहेकका खेलाडीको पुरुष डबल्समा प्रथम हुनेले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै मिक्स डबल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले सात हजार पाँच सय पुरस्कार पाउने छन् ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३५ हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया