काठमाडौंः काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिप अन्तर्गतको दोस्रो सेमिफाइनलमा विजयी बन्दै मच्छिन्द्र क्लव फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि आज भएको दोस्रो समेफाइनल खेलमा आयोजक केपी एफसीलाई हराउदै मच्छिन्द्र एफसी फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आयोजक टोली केपी एफसीलाई ४-० गोल अन्तरले हराउदै मच्छिन्द्ररले फाइनलको यात्रा तय गर्यो । अब प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मीसंग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसीलाई २-१ ले हराउदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरिसकेको छ ।
प्रतियोगिाको फाइनल खेल पर्सि सोमबार हुने कार्यक्रम छ । सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका गोलकिपर जियानलुजी बुफोन पनि फाइनल खेल हेर्न नेपाल आउँदै छन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया