असार २३, २०८२ सोमबार July 7, 2025

खेलकुद क्षेत्रको विकासका निम्ति पर्याप्त लगानी नभएको गुनासो

खेलकुद पूर्वाधार र संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, १९ फागुनः नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलकुद क्षेत्रको विकासका निम्ति राज्यबाट पर्याप्त लगानी नभएको गुनासो गर्नुभएको छ ।

पोखरामा आयोजित नेपाल साहित्य महोत्सवअन्तर्गत आइतबार ‘फ्री हिटः एनपिएलभन्दा पर’ विषयमा भएको भएको छलफलमा उहाँले खेलकुदको व्यावसायिक विकासका लागि सरकारले सरकारले बजेट बढाउनुपर्ने बताउनुभयो ।

“मन्त्रालय बाँडफाँटका बेलामा पनि राजनीतिक दलको सबैभन्दा कम प्राथमिकतामा खेलकुद मन्त्रालय पर्ने गरेको छ । युवालाई खेलकुदमा आकर्षित गर्ने वातावरण सबै पक्ष मिलेर बनाउनुपर्छ ।” उहाँले खेलकुद पूर्वाधार र संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया