बैसाख २१, २०८३ सोमबार May 4, 2026

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक पक्षमा प्रहार भयो – महेन्द्र राय यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक हिजोबाट सुरु भयो । के-के एजेण्डामा तपाईहरू छलफल गरिरहनुभएको छ ?

हाम्रो छलफल भनेको ५१ जनाको कार्यविभाजन नै हो । पदको बारेमा टुंग्याउने, वर्तमान राजनीतिक पक्षको बारेमा छलफल हुने, सबैभन्दा ठुलो कुरा के हो भने कोभिड १९ को कारणले देशमा फैलिरहेको छ, यसमा सरकारले गम्भीरता देखाएको छैन । संयमता अपनाएन । यस बारेमा हाम्रो छलफल हुन्छ । बाढीपहिरो जुन यथावत विषयहरू ती सवालमा हाम्रो छलफल हुन्छ ।

पार्टीको आन्तरिक कुरा गर्दाखेरि तपाईहरू अझैपनि मिल्न सक्नुभएको छैन ? पूर्ण रूपमा पार्टी एक भएको छैन नि ?

हामीले सबै मिलेर सर्वसम्मत ढंगले बस्छौँ । राम्रो कुराहरू सबै मिलेको छ । हामीले घोषणापत्र बनायौँ । हामीले विधान बनायौँ । विधान अनुसार हामी अगाडि जाने नै हो । तत्कालीन पार्टीको समायोजन तलैदेखि माथिसम्म गर्ने विषय हो । अर्को विषय कार्यविभाजन हो । मुलुक अहिले जुन भयावह स्थिति छ, त्यसलाई पार्टी पंक्तिभित्र, कसरी आम जनतालाई विश्वासको वातावरणमा संकटबाट मुलुकलाई कसरी जोगाउने, त्यसकारण यी सबै विषयहरूमा हाम्रो छलफल हुँदैछ ।

तर बाबुराम भट्टराईलाई कुन पद दिँदै हुनुहुन्छ ?

बाबुराम भट्टराई त विधानले उहाँ राष्ट्रिय परिषदको अध्यक्ष हुनुहुन्छ । बाबुराम नै १ नम्बरमा हुनुपर्ने हो ।

तर अहिले बाबुराम भट्टराई १ नम्बरमा हुुनुहुन्न पार्टीभित्र ?

१ नम्बरमा ठाकुरजी बस्ने हो भने संयोजक, अभिभावकको रूपमा बस्ने हो । त्यो ठिक छ । होइन उहाँ कार्यकारिणीमा बस्ने हो भने १ नम्बरमा बाबुराम बस्नुहुन्छ । त्यो विधानमा नै लेखेको कुरा कार्यान्वयन भईहाल्छ ।

महन्थ ठाकुर र उपेन्द्र यादवभन्दा पनि अब ठुलो नेता बाबुराम भट्टराई ?

ठुलो नेता होइन, यो विधानमा नै लेखिएको कुरा हो । यो सहमति गरेर दर्ता भएको विषय हो । यो त स्वतः कार्यान्वयन हुनुपर्ने विषय हो ।

तर कार्यान्वयन भएको छैन ?

कार्यान्वयनमा त्यो दिन समयको अभाव भयो । बाबुरामजीले ठुलो त्याग गर्नुभयो । उहाँ देशको पूर्वप्रधानमन्त्री, उहाँ १ नम्बरमा नै बस्नुपर्ने हो । यो पार्टी एकताको लागि उहाँले नै प्रस्ताव राख्नुभयो । महन्थ ठाकुरजी उमेरमा ठुलो हुनुहुन्छ । उहाँले संयोजक भएर बस्दा हुन्छ । उहाँले अभिभावक बन्दा हुन्छ । उहाँले सुरुमा हुन्छ भन्नुभयो । पछि कार्यकारिणीको लागि हामीले नै सहपाठीको उहाँले संस्थागत प्रस्ताव गरेका हौँ । उहाँ कार्यकारिणीमा आउनु पनि भयो । कार्यकारिणी अध्यक्ष हुने कुरा पनि सहमति पनि भएकै हो ।

हिजो भारतमा नरेन्द्र मोदीले अयोध्याको शिलान्यास गर्नुभयो । नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीले अयोध्या पनि नेपालमै पर्छ र राम पनि नेपालमा जन्मेका हुन् भनेर भनिरहँदा हिजो मोदीले जुन शिलान्यास गर्नुभयो, त्यसलाई कसरी हेर्नुहुन्छ ?

नेपाल र भारत दुई मुलुकको सम्बन्ध नराम्रो बनाउन मिल्छ ? दुई मुलुकबीचको सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने ठाउँमा धार्मिक आस्था, नेपाल भारतका नागरिकको समान धार्मिक आस्था, यस्तो साँस्कृतिक तथा धार्मिक यात्रामा बाधा ल्याउन मिल्दैन ।

त्यसो भए अयोध्या भारतमा पर्छ ? राम पनि भारतमा नै जन्मेका हुन् ?

धेरैले राम भारतमा जन्मेका हुन् भनेर भनेका छन् । यो नयाँ बखेडा-कुराहरू निकालेर नेपाली जनतालाई साँस्कृतिक र धार्मिक भावनामा उथलपुथल गर्ने ? यसरी दुई देशबीचको धार्मिक तथा साँस्कृतिक पक्षमा प्रहार भएको छ । यो सरकार र प्रधानमन्त्रीबाट गर्नुहुँदैन थियो ।

कोरोनाको संक्रमणको संख्या २ नम्बर प्रदेशमा तीव्रताका साथ बढ्यो । अब तपाईहरूले प्रदेश नम्बर २ लाई बचाउन सक्नुहुन्छ ?

हाम्रो सरकारको जुन साधनस्रोत छ, केन्द्रिय सरकारले गर्नुपर्ने काम र दायित्व भएन । कहिले बन्द गरिदिने, कहिले छोडिदिने, कहिले घेराबन्दी गरिदिने, यो परीक्षणमा नै अहिले कमी भयो । अहिलेसम्म सामानहरू पुगेको छैन । सामानहरूको अभावमा मेयरहरूले आफ्नो पैसाले किने ।

सरकारको त राम्रो उपस्थिति नै देखिएन । यो सरकार यसबारेमा असफल भएको छ । जुन जिम्मेवारी थियो, त्यसअनुसार यो सरकारले काम गर्न सकेन । नेपाली जनताले सतर्कता अपनाउनुपर्छ । सरकारको अस्तव्यस्तताको कारणले, सरकारको राम्रो नीति नभएको कारणले सरकार असफल छ । सरकार आफ्नो पार्टीभित्रको स्वार्थ र भागबण्डामा समय बिताएको छ । यो दुनियाँलाई थाहा छ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार