असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता : हेटौँडा उपमहानगर प्रथम हुँदै उपाधि चुप्न सफल

थाहा नगरपालिका ११ स्वर्ण, ९ रजत र ७ कांस्य पदकसहित तेस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौँडा, फागुन २० गते। १५ औँ मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका प्रथम हुँदै उपाधि चुप्न सफल भएको छ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा हेटौँडा उपमहानगरपालिका १५ स्वर्ण, १० रजत र नौ कांस्य पदकसहित प्रथमभएको हो।

बकैया गाउँपालिका १३ स्वर्ण, ५ रजत र १० कांस्य पदकसहित दोस्रो र थाहा नगरपालिका ११ स्वर्ण, ९ रजत र ७ कांस्य पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ।

प्रतियोगितामा मकवानपुरको नौ वटा पालिकाबाट भलिबल, एथ्लेटिक्स, कराँते, तेक्वान्दो कबड्डीलगायतका विधाका करिब छ सय जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

आइतबारबाट सुरु भएको प्रतियोगिताको मङ्गलबार भएको समापन कार्यक्रममा हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले प्रतियिोगितामा विजयी, उपविजयी र सहभागी टिम र खेलाडीलाई शिल्ड, प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया