असार २४, २०८२ मंगलबार July 8, 2025

एन्फा यु–१६ लिग फुटबल : चर्च ब्वाइजले थ्रिस्टारलाई १–० गोलले हरायो

पराजित थ्रीस्टारको समान खेलबाट ३३ अङ्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, फागुन २० गते । एन्फा यु–१६ लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड क्लबले थ्रिस्टार क्लबविरुद्ध कठिन जित निकालेको छ ।

एन्फा मैदान सातदोबाटोमा मङ्गलबार भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारलाई १–० गोलले हरायो ।

चर्च ब्वाइजको जितमा सुशन थापामगरले २१औँ मिनेटमा निर्णायक गोल गर्नुभयो ।

जितसँगै चर्च ब्वाइजले १८ खेलबाट ४४ अङ्क बनाएको छ । पराजित थ्रीस्टारको समान खेलबाट ३३ अङ्क छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया