असार २३, २०८२ सोमबार July 7, 2025

नेपाली महिला क्रिकेट टोलीको बिदाइ

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ८ देखि १६ सम्म युगाण्डामा संचालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल क्रिकेट सङ्घ (क्यान) ले युगाण्डामा हुने चारदेशीय महिला टी–२० शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ । सो अवसरमा क्यानका सचिव पारस खड्का लगायतले टिमलाई सफलताको शुभकामना दिएका थिए ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा मार्च ८ देखि १६ सम्म युगाण्डामा संचालन हुने चार देशीय सिरिजका लागि क्यानले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको छ ।

जसमा कप्तान इन्दु बर्मा, विन्दु रावल, रिया शर्मा, सम्झना कुमारी खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, रुबिना क्षेत्री, अलिसा कुमारी यादव, रोमा थापा, रचना चौधरी, सना प्रवीन र ईश्वरी विष्ट छन् । यस टूरमा सिता राना मगर, युवा खेलाडी मनिषा उपाध्यायलाई बाहिर राखिएको छ ।

युगाण्डामा नेपालले युगाण्डा, हङकङ र नामिबिया सम्मिलित चार देशीय सिरिज खेल्दै छ । जस अनुसार नेपालले पहिलो खेल मार्च ८ मा नामिबियाविरुद्ध, मार्च ९ मा युगाण्डाविरुद्ध, मार्च १० मा हङकङविरुद्ध, मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया