असार २३, २०८२ सोमबार July 7, 2025

कोहलपुर गोल्डकपको सेमिफाइनल संस्करण पूरा

रेसिङ साहारा र राइजिङ स्टार फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । मुख्यमन्त्री कोहलपुर गोल्डकपको सेमिफाइनल संस्करण पूरा भएको छ ।

आज काँक्रेविहार फुटबल क्लब,सुर्खेत र राइजिङ स्टार फुटबल क्लब,नवलपरासीबीच सम्पन्न खेल सकिएसँगै सेमिफाइनल संस्करण पूरा भएको हो । आज काँक्रेविहार फुटबल क्लब,सुर्खेतलाई पेनाल्टी सुट आउटमा हराउँदै राइजिङ स्टार फुटबल क्लब,नवलपरासी फाइनल प्रवेश गरेको छ ।

सेमिफाइनलको खेलको पहिलो हाफको १९औँ मिनेटमा राइजिङ स्टार फुटबल क्लब,नवलपरासीका फाकुन्ले अवयोमी बोलसियुनले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ७८औँ मिनेटमा काँक्रेविहार फुटबल क्लब,सुर्खेतका धनसिंह विकले बराबरी गोल फर्काए ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुट आउटमा काँक्रेविहारलाई ५–४ ले पराजित गर्दै राइजिङ स्टार फुटबल क्लब फाइनल प्रवेश गरेको हो । यसअघि आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरिसकेको छ ।

खेलको म्यान द म्याच राइजिङ स्टार फुटबल क्लब,नवलपरासीका फाकुन्ले अवयोमी बोलसियुन घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको फाइनल फागुन २४ हुनेछ ।

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७गतेदेखि प्रतियोगिता सुरु भएको हो । घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया