असार २४, २०८२ मंगलबार July 8, 2025

च्याम्पियन्स लिगको रियल टोली रियल मेड्रिड

७१५ गोल विपक्षीको पोस्टमा प्रहार गर्ने बार्सिलोना तेस्रो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रियल मेड्रिडले मंगलबार राति च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेग जित्दै क्वार्टरफाइनल पुग्ने संभावनालाई बलियो बनाएको छ ।
रियलले उसैको शहरको अर्को क्लब एटलेटिको मेड्रिडलाई २–१ ले हराएको थियो । दोस्रो लेग एटलेटिकोको मैदानमा हुनेछ । यदि, यो खेल बराबरी मात्रै खेले पनि रियल अन्तिम आठमा पुग्नेछ ।

च्याम्पियन्स लिगको इतिहास हेर्दा स्पेनी ला लिगा क्लब रियल साँच्चिकै रियल टोली बनेको छ । रियलले विभिन्न विधामा ऐतिहासिक कीर्तिमान बनाएको छ । जुन कीर्तिमानमा पुग्न अरु टोलीको लागि हालको अवस्थामा कठिन नै छ ।

५ सय खेल

च्याम्पियन्स लिगमा रियल ५ सय खेल खेल्ने पहिलो टोली हो । यस प्रतियोगितामा सर्वाधिक खेल खेल्ने सूचीमा बायर्न म्युनिख ला लिगा क्लबसँग धेरै पछाडि छ । जर्मन क्लब बायर्नले च्याम्पियन्स लिगमा ४०४ खेल खेलेको छ ।

रियलको ला लिगा प्रतिद्वन्द्वी टोली बार्सिलोना ३५७ खेल खेल्दै तेस्रो स्थानमा रहेको छ । यसपछि इटालियन क्लब युभेन्टस ३११ खेलसहित चौथो स्थानमा छ भने बेनफिका पाँचौं स्थानमा रहेको छ ।

३ सय जित

च्याम्पियन्स लिगको इतिहासमा ३ सय जित हासिल गर्नेमा रियल एक्लो टोली हो । दोस्रो स्थानमा रहेको जर्मन क्लब बायर्र्न म्युनिखले २४२ जित हासिल गरेको छ । बार्सिलोनाले २०९ जित हासिल गरेको छ ।

१५ ट्रफि

च्याम्पियन्स लिगमा सर्वाधिक उपाधि जित्ने टोलीमा समेत रियल अगाडि छ । सर्वाधिक उपाधि जित्ने सूचीमा दोस्रो स्थानको एसी मिलानको भन्दा रियलसँग ८ उपाधि बढी छ । रियलले सर्वाधिक १५ च्याम्पियन्स लिग उपाधि जितेको छ ।

१ हजार गोल

रियल च्याम्पियन्स लिगमा १ हजार गोल गर्नेमा हालसम्म एक्लो टोली हो । रियलले १ हजार १ सय ३ गोल गरेको छ । यस सूचीमा दोस्रो स्थानमा रहेको बायर्नले ८४८ गोल गरेको छ । जुन रियलभन्दा २ सय ५५ गोलले पछि हो । ७१५ गोल विपक्षीको पोस्टमा प्रहार गर्ने बार्सिलोना तेस्रो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया