असार २३, २०८२ सोमबार July 7, 2025

युइएफए च्याम्पियन्स लिग – एस्टन भिल्ला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

यो जितपछि अब एस्टन भिल्लाले क्वाटरफाइनलमा पिएसजीको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रिमियर लिग क्लब एस्टन भिल्ला युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा बेल्जियम क्लब, क्लब ब्रुगेलाई ३-० ले पराजित गर्दै एस्टन भिल्लाले समग्रमा ६-१ को नतिजा सहित प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

यसअघि राउण्ड १६ को पहिलो लिगमा एस्टन भिल्ला ३-१ ले विजयी भएको थियो ।

यो जितपछि अब एस्टन भिल्लाले क्वाटरफाइनलमा पिएसजीको सामना गर्ने भएको छ । क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल ९ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया