असार २३, २०८२ सोमबार July 7, 2025

पीएम कपमा कोशी प्रदेशको पहिलो जित

गण्डकीले दिएको केवल ३२ रनको लक्ष्य पछाएको कोशी प्रदेशले ८.२ ओभरमा एक विकेव्त गुमाएर लक्ष्य पुरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जारी पीएम कप अन्तर्गत कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ ।

आइतबार  एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा कोशी प्रदेसले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

गण्डकीले दिएको केवल ३२ रनको लक्ष्य पछाएको कोशी प्रदेशले ८.२ ओभरमा एक विकेव्त गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको गण्डकी प्रदेश केवल ३१ रनमा अल आउट भएको थियो । २०.४ ओभरमा अल आउट हुदै गण्डकीले ३१ रन बनाएको थियो । गण्डकीलाई अल आउट गर्नेक्रममा कोशीका विपिन महतोले ६ विकेट लिएका थिए भने फिर्दोश अन्सारीले ३ विकेट लिएका थिए ।

गण्डकीले बनाएको ३१ रन पीएम कपको इतिहासमा दोस्रो कम टोटल हो । यस अघि २०२४ को पीएम कपमा कोशी प्रदेशले गण्डकी प्रदेशविरुद्धको खेलमा पीएम कपकै इतिहासमा सबैभन्दा कम २५ रन मात्र बनाएको थियो । यसरी गण्डकीले ३१ रन मात्र बनाएर आफ्नो नाम लज्जास्पद किर्तिमानमा दर्ज गराएको छ ।

यो जितपछि कोशी प्रदेशले पहिलो जित हासिल गरेको हो । यो जितपछि कोशीको ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र २ अंक हासिल गरेको छ । त्यस्तै गण्डकीको भन ४ खेलमा एक जित र ३ हारसहित २ अंक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया