असार २३, २०८२ सोमबार July 7, 2025

पीएम कपमा आज तीन खेल हुँदै

आज अर्को खेल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जारी पीएम कपमा आज तीन खेल हुदै छन् ।

आज नेपाल लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ भने मधेश प्रदेशले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबबीच हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा सुदूरपश्चिमले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने नेपाल पुलिस क्लब चार खेलमा अपराजित रहदै शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै आज अर्को खेल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा एपीएफ क्लबले ४ खेलमा ३ जित र एक हार बेहोरेको छ भने आर्मी क्लब आफ्ना चार खेलमा अपराजित रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया