असार २३, २०८२ सोमबार July 7, 2025

एटलान्टामाथि इन्टर मिलानको महत्वपूर्ण जित

यो जितपछि इन्टर मिलानको २९ खेलमा ६४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले एटलान्टामाथि महत्वपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा इन्टर मिलानले एटलान्टालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा कार्लोस अगस्तो र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए ।

यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा इन्टर मिलानका अलेसजान्द्रो बासटोनीले रातो कार्ड पाएका थिए ।

यो जितपछि इन्टर मिलानको २९ खेलमा ६४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको नापोलीको ६१ अंक छ भने एटलान्टाको २९ खेलमा ५९ अंक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया