असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय महिला फुटबल : एपिएफले बागमती युथ क्लबलाई ९-० गोल अन्तरले हरायो

एपिएफ राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । विभागीय टोली एपिएफ फुटबल क्लबले चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा एपिएफले बागमती युथ क्लबविरुद्ध ९–० को फराकिलो जित निकालेको हो ।

भरतपुर –७ कृष्णपुरमा भएको एकतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मि कुमारी घिसिङले ह्याट्रिक गरिन् । यस्तै सरु लिम्बु र रेनुका नगरकोटेले समान २–२ तथा गीता राना मगर र प्रतीक्षा चौधरीले एक–एक गोल गरे । ह्याट्रिक गरेकी रश्मि प्लेयर अफ दि म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरिन् ।

एपिएफले अब सेमिफाइनलमा भरतपुर २४ को सामना गर्नेछ । भरतपुर २४ यस अघि एन्फा मकवानपुरलाई ५–० ले हराउँदै सेमिफाइनल पुगिसकेको छ । प्रतियोगितामा आज (मङ्गलवार) पहिलो चरणको अन्तिम खेल हुनेछ । जहाँ त्रिभुवन आर्मी फुटबल क्लब र सङ्कटा क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

चितवन जिल्ला फुटबल सङ्घको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा सुरु प्रतियोगितामा ८ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया