असार २२, २०८२ आइतबार July 6, 2025

राजश्व संकलनमा ड्राइपोर्टको सुधार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राज्य संचालनको ‘भरथेग’का लागि संकलित हुने ‘राजश्व’ को आकारमा वीरगन्जस्थित ड्राइपोर्ट (सुख्खा बन्दरगाह) भन्सार कार्यालयले सुधार गरेको पाइएको छ ।

मुलुककै पहिलो सुख्खा बन्दरगाह समेत रहेको यो भन्सार कार्यालयले गतवर्षको सोही अवधिको तुलनामा यो वर्ष बढि राजश्व संकलन गर्दै राजश्वको आकारमा सुधारको संकेत देखाएको हो ।

गतवर्षको फागुनसम्मको तथ्याँकभन्दा चालु आर्थिक वर्षको सोही अवधिमा यो सुख्खा वन्दरगाह भन्सार कार्यालयले ६ करोड २९ लाख २४ हजार बढि राजश्व संकलन गरेको तथ्याँकले पुष्टि गरेको छ । यसका लागि सुख्खा बन्दरगाह भन्सार कार्यालयले दैनिक १३ करोड ४२ लाख ७३ हजार बराबरको अनुपातमा राजश्व संकलन गर्दै आएको पाइएको छ ।

यो भनेको चालु आर्थिक वर्षको फागुनसम्ममा सुख्खा बन्दरगाह भन्सार कार्र्यालयले कुल ३२ अर्व २२ करोड ५६ लाख २९ हजार राजश्व संकलन सर्न सक्नु हो । जबकी गतबर्ष ०८०÷०८१ को फागुनसम्ममा भने कुल ३२ अर्ब १६ करोड २६ लाख ९७ हजार मात्र यो भन्सार कार्यालयले राजश्व संकलन गरेको तथ्याँकले देखाएको छ । राजश्व विभागले दिएको लक्ष्य भेटाउन प्रयासरत रहेकै समयमा चालु आर्थिक वर्षको प्रगतिले गतवर्षको तथ्याँकलाई उछिनेको सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जका प्रमुख धनबहादुर बरुवालले राजधानी दैनिकसँग बताए ।

‘गतवर्ष पनि यस्तो लक्ष्य त दिएकै थियो । तथापि यो वर्ष अझ बढि राजश्व संकलन भएछ’ उनले भने । गएको फागुन महिना र फागुन महिनासम्मको राजश्व संकलनको तथ्याँक पनि सुधारोन्मुख छ भन्सार प्रमुख बरुवालले बताए । सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई गत फागुनसम्मको लागि राजश्व विभागले कुल ३८ अर्व ७७ करोड ५० लाख ५९ हजारको लक्ष्य दिएको छ । यसमा पनि ३२ अर्ब २२ करोड ५६ लाख २९ हजार लक्ष्य संकलन गरेको भन्सारको तथ्याँकमा उल्लेख गरिएको छ । यो भनेको कुल लक्ष्यको ८३ दशमलब ११ प्रतिशत पनि हो ।

फागुन महिनाकै मात्र लक्ष्य र प्रगति हेर्ने हो भने पनि कुल लक्ष्यमा ३९ करोड २५ लाख ४३ हजार मात्र लक्ष्य भेट्न बाँकी देखिएको छ । यो भनेको कुल लक्ष्यको ९२ दशमलब २७ प्रतिशत हो । अर्थात गएको फागुन महिनाको लागि राजश्व विभागले सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जलाई दिएको लक्ष्य ५ अर्व ०७ करोड ७९ लाख २६ हजारमा ४ अर्ब ६८ करोड ५३ लाख ८३ हजार राजश्व संकलन भएको छ ।

उता वार्षिक लक्ष्यमा पनि यो भन्सार कार्यालयले ५३ दशमलब ६६ प्रतिशत प्रगति गरिसकेको तथ्याँकले देखाएको छ । जबकी गत आर्थिक वर्ष यो भन्सार कार्यालयले लक्ष्यको यो आकार भेट्न सकेको थिएन । यो वर्ष भने कुल ६० अर्व ४ करोड ८७ लाख ९७ हजार लक्ष्यमा ३२ अर्व २२ करोड ५६ लाख २९ हजार प्रगति गरिसकेको पनि भन्सार कार्यालयले जनाएको छ । अब बाँकी राजश्वको लक्ष्य पूरा गर्न दैनिक १७ करोड ७० लाख अनुपातमा राजश्व संकलन गर्नु पर्ने दवाव रहेको पनि सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । राजधानी दैनिकमा समाचार छापिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया