असार २३, २०८२ सोमबार July 7, 2025

रुस र अमेरिकाले सोमबार साउदी अरबमा वार्ता गर्ने

रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पले ब्ल्याक सी नेभिगेसनको सुरक्षा सम्बन्धी सम्झौताको विशेष विवरणमा थप काम गर्न वार्ता सुरु गर्न सहमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, चैत ७ गते । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बिहीबार युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने बताउनु भएको छ ।

उशाकोभले रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसको माथिल्लो सदनमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी समितिका अध्यक्ष ग्रिगोरी कारासिन र रुसको संघीय सुरक्षा सेवाका प्रमुखका सल्लाहकार सर्गेई बेसेडाले गर्ने बताउनुभयो ।

उशाकोभले बुधबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जसँग फोनमा कुराकानी भएको जानकारी दिनुभयो ।

कुराकानीको क्रममा उहाँहरूले विज्ञ समूहहरूको बैठक आयोजना गर्ने विषयमा छलफल गर्नुभयो, जसको मुख्य उद्देश्य ब्ल्याक सी इनिसिएटिभको सम्भावित कार्यान्वयनका सम्भावनाहरू खोज्नु थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्ल्याक सी नेभिगेसनको सुरक्षा सम्बन्धी सम्झौताको विशेष विवरणमा थप काम गर्न वार्ता सुरु गर्न सहमत हुनुभएको क्रेमलिनले उल्लेख गर्नुभयो । रासस,सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार