जेठ २३, २०८३ शनिबार June 6, 2026

अभिनेत्री साम्राज्ञी नयाँ नेपाली चलचित्रमा अनुबन्धित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भुवन केसीसँगको विवाद झेलिरहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ नेपाली चलचित्रमा अनुबन्धित भएकी छन् । विगतमा एकल नायिकाको मात्र भूमिका निर्वाह गर्दै आएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यसपटक अर्को नायिकासँग संयुक्त अभिनय सञ्चालन गरिरहेको छु । निर्वाह गर्दै छिन् ।

‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले आफ्नो निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेत्रीद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मालाई अनुबन्धित गरेका गरेका हुन् । यही चलचित्रमा साम्राज्ञी र आना मुख्य भूमिका प्रस्तुत हुँदै छन् । नाम सार्वजनिक नगरिएको यो नयाँ चलचित्रमा ‘प्रेम गीत–३’का अभिनेता मनीष राउतले नायकको रूपमा काम गर्ने भएका छन् । राउतले दुई नायिकासँग त्रिकोणात्मक प्रेम सम्बन्ध यसमा निर्वाह गर्नेछन् ।

यो फिल्म सिबर्ड्स पिक्चर्स र सौर्य इन्टरटेनमेन्टको ब्यानरमा बन्नेछ । निर्देशक पौडेलले फिल्म कलेज ओस्कार इन्टरनेसनल कलेजबाट निर्देशन विषय अध्ययन गरेका हुन् । फाइनल स्क्रिप्टमा काम भइरहेको यो फिल्मको शीर्षक भने फाइनल नभएको निर्देशक पौडेलले बताए ।

आफ्नो पहिलो फिल्म रिलिज नहुँदै राउतले अर्को फिल्ममा काम गर्न लागेका हुन् । ‘प्रेम गीत–३’मा नायक प्रदीप खड्कासँग काम गरेका मनीषले आगामी चलचित्रमा प्रमुख भूमिका निभाउँदै छन् । यो नयाँ चलचित्रको लागि तीन जना कलाकारसँग नै बिहीबार सम्झौता भएको छ ।

यो चलचित्र ‘युवा मनोविज्ञानमा आधारित रहेर बनेको छ । यो चलचित्रमा उपयुक्त कलाकार छान्ने क्रममा साम्राज्ञी, आना र मनीषलाई छनोट गरिएको हो । अब एक जना पुरुष कलाकार र एक जना महिला कलाकारको जरुरत छ । हामीले अडिसनबाट छान्ने प्रक्रियामा छौं,’ निर्देशक पौडेलले भने, ‘कमिङ एज’ को कथामा हामीले दुई वर्षदेखि काम गरिरहेका थियौं अब भने यसले मूर्तरूप लिन लागेको छ । कोरोना महामारीपश्चात् सहज वातावरण बनेपछि हामी फ्लोरमा जानेछौं ।’ ‘डक्टर डेनिम’को प्रस्तुतिमा बन्ने यस फिल्मका निर्माता छत्रजंग पाण्डे र अनुप पौडेल हुन् । सहनिर्माता करन साउद हुन् ।

यो फिल्मका निर्देशक पौडेलले युवा मनोविज्ञानमा आधारित रहेर बन्न लागेको यो चलचित्रमा उपयुक्त कलाकार छान्नेक्रममा साम्राज्ञी, आना र मनीषलाई छनोट गरिएको बताए । अब एक जना पुरुष कलाकार र एकजना महिला कलाकारको जरुरत भएको पनि उनले बताए । कोरोना महामारीपश्चात् सहज वातावरण बनेपछि हामी फ्लोरमा जाने उनले बताए । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार