काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ।
सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजित गरेको हो। नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकाल्दै इतिहास रच्न सफल भयो।
नेपालको ऐतिहासिक जितमा जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२औँ मिनेटमा गोल गरेका थिए।
मनिष डाँगीले दिएको पासमा कार्कीले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेका हुन्।
नेपालले सिंगाापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। १९८२ देखि सिंगापुरसँग खेल्न थालेको नेपालले पहिलो पटक जित र गोल गर्दै इतिहास रच्न सफल भएको छ ।
नेपालले सिंगापुरसँग ३६ वर्षपछि खेलेको हो। पछिल्लो पटक नेपाल र सिंगापुर १९८९ मा प्रतिस्पर्धा गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया